राजनीति


सहायक रथीसहित तीन सैनिक बर्खास्त, तीन जनाकाे घटुवा

सहायक रथीसहित तीन सैनिक बर्खास्त, तीन जनाकाे घटुवा

नेपालखबर
साउन ३२, २०७७ आइतबार १३:२४,

नेपाली सेनाका सहायक रथी (जर्नेल) सहित तीन सैनिक बर्खास्तमा परेका छन्। सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूरमा सैनिक अधिकारीहरुलाई आइतबार सैनिक अदालतले सेवाबाट हटाउने फैसला गरेको हो।

सैनिक अदालतले ती सैनिकहरु उपर पाँचखालस्थित श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा कार्यरत रहँदा सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी गरेको अभियोगमा सैनिक ऐन, २०६३ बमोजिम दोषी ठहर गरेको हो।

नेपाली सेनाका सहायक रथी प्रयोग जबरा, महासेनानी नविन सिलवाल र प्रमुख सुवेदार मिठुराम विश्वकर्मालाई सैनिक सेवाबाट हटाउने गरी फैसला भएको छ।

अदालतले सह सेनानी लक्ष्मीकान्त खनाल, सुवेदार भोज बहादुर विष्ट र जमदार विनोद बस्नेतलाई एक तह घटुवा गर्ने फैसला गरेको छ।

प्राविधिक सह सेनानी फिरोज महर्जन र जमदार भद्र बहादुर शाहीलाई नसिहत तथा महा सेनानी राजेन्द्र मणी गिरी र अवकास भइसकेका लेखा सुवेदार कर्मचारी नवराज पाण्डेलाई सफाई दिने फैसला गरेको छ।

आर्थिक अनियमितता र भ्रष्टाचारको विषयमा शून्य सहनशीलताको नीति अनुरुप स्वच्छ संगठन निर्माण एवम सुदृढीकरणको कार्यमा प्रतिवद्ध रहेको नेपाली सेनाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad