राजनीति


सांसदहरुले लगाए नयाँ लोगो

सांसदहरुले लगाए नयाँ लोगो

नेपालखबर
भदौ १, २०७७ सोमबार १२:५७,

अद्यावधिक नक्सा अनुसार नयाँ डिजाइन गरिएको लोगो भद्दा भएको भन्ने प्रतिक्रियाहरु आइरहेपनि सांसदहरुले ग्रहण गरेका छन्।

सांसदहरुले लगाउने नयाँ नक्साअनुसारको लोगो भद्दा भएपनि स्वदेशी उत्पादनको प्रवद्र्धन गर्न भएपनि ग्रहण गरिएको प्रतिक्रिया दिएका छन्।

सामाजिक सञ्जालमा र कतिपय सांसदहरुले नै लोगो डिजाइनमा हेलचेक्र्याई गरिएको टिप्पणी भइरहेपनि स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न स्वीकार गरिएको सांसद शशी श्रेष्ठले बताइन्। राज्य व्यवस्था तथा सुशासन समितिका सभापति समेत रहेकी सांसद श्रेष्ठले लोगोमा नेपालको नक्सालाई कलात्मक बनाउन सकिने भएपनि त्यसो हुन नसकेको बताइन्।

स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्ने विषय सहि भएको तर हातले नै लोगो निर्माण गर्दा पनि फिनिसिङमा ध्यान दिएर बनाउन नसकेको बताइन्। सांसद रामकुमारी झाँक्रीले लोगो निर्माण गर्दा फिनिसिङमा ध्यान नदिएकोले भद्दा देखिएको बताइन्। आफूहरुले स्वदेशी उद्योगलाई सधै प्रवद्र्धन गर्न आवाज उठाउँदै आएकाले विरोध गर्न नमिल्ने भन्दै उनले घुमाउरो गरी असन्तुष्टि व्यक्त गरिन्।

संसदको लोगो डिजाइन ८७ वर्षे टेकवीर मुखियाले गरेका हुन्। मुखियाले बनाएको लोगोको डिजाइन अनुसार लोगो निर्माण भएको देखिँदैन।

बागमती प्रदेशअन्तर्गतको घरेलु तथा साना उद्योग कार्यालय ललितपुरलाई लोगो निर्माणको अर्डर दिइएको थियो। लोगो निर्माण हुँदा डिजाइन भन्दा केही भिन्न रुपमा तयार भएको पाइएको छ।

सांसदहरुले भने लोगोमा रहेको नेपालको नक्सा स्पस्ट नभएको र कलात्मक बनाउन नसकेको बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad