राजनीति


मोहनविक्रमको विषयमा ‘अनर्गल प्रचार गर्ने’ पत्रकारविरुद्ध उजुरी दर्ता

मोहनविक्रमको विषयमा ‘अनर्गल प्रचार गर्ने’ पत्रकारविरुद्ध उजुरी दर्ता

नेपालखबर
साउन ६, २०७६ सोमबार १५:२४,

नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहको बारेमा अनर्गल प्रचार गर्ने गरी समाचार लेखेको भन्दै केही पत्रिका र अनलाइनविरुद्ध प्रेस काउन्सिलमा उजुरी परेको छ।

राष्ट्रिय जनमाेर्चाकी सांसद एवं उपाध्यक्ष दुर्गा पाैडेलले युनाइटेड पोष्ट साप्ताहिकलगायतका पत्रिका तथा अनलाइनविरुद्ध सोमबार प्रेस काउन्सिलमा उजुरी दिएकी हुन्।

सो पत्रिकाले केही दिन अघि मसाल महामन्त्री मोहनविक्रम सिंहले आफ्नी पत्नी एवं राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेललाई मन्त्री बनाइदिन भारतीय राजदूत मञ्जिवसिंह पुरीसँग दुई घण्टा गोप्य वार्ता गरेको भन्ने समाचार छापेको थियो। सोही समाचार कतिपय अनलाइनहरुमा समेत प्रकासित भएपछि मसालले विज्ञप्ति नै प्रकासित गरी समाचारको खण्डन गरिसकेको छ।

उजुरीमा भनिएको छ, ‘विवाह भोजको उपस्थितिमा गलत अर्थ लाग्ने गरी फोटो लिई उक्त फोटोलाई पत्रकारिताको आचार संहिताको सामान्य मर्यादालाई कत्तिपनि ख्याल नगरी नियतबस कृतिम तरिकाले सृजना गरी उक्त तथ्य हिन बनावटी समाचारलाई पुष्टि गर्ने प्रयत्न गरिएको युनाईटेड पोष्ट साप्ताहिक काठमाडौँ जि.का. द.नं. ४९९/०७०/०७१ वर्ष ६ अङ्क ७, २०७६ साउन २ गते बिहीबार प्रकाशित गरिएको पत्रिकाको पहिलो पेजको शिर्ष समाचारमा ‘अर्ध भूमिगत नेता सिंहद्वारा भारतीय राजदूतसँग गोप्य वार्ता’ भन्ने शिर्षकको झुट्टा, काल्पनिक, निराधार एवम् असत्य कुराले भरिएको समाचार मुलक लेख प्रकाशित गरिएको रहेछ।’

उजुरीमा यूनाइटेड पोष्ट साप्ताहिकका प्रकाशक/सम्पादक सुशिल न्यौपाने, आर्थिक न्युज, र रिपव्लिका दैनिक र अनलाइनहरुले समेत एकै मिलानका झुट्ठा, काल्पनिक एवम् वनावटी तथ्यको आधारमा लेख प्रकासन गरेको उल्लेख गर्दै प्रेस काउन्सिल ऐन २०४८ को दफा १२, पत्रकार आचारसंहिता, २०७३ को दफा ४ को उपदफा (३), (६), दफा ५ को उपदफा (१), (२) को खण्ड (२) उपदफा (७) र उपरोक्त उल्लेखित अनलाइनको हकमा दफा ५ को उपदफा (१४) समेतको खिलापमा कार्यहरू भए गरेका र यि कार्यहरू यसै संहिताको दफा ६ को उपदफा (७) को अवस्था समेत विद्यमान भएको भन्दै कानूनले हुने हदैसम्मको कारवाही गर्न माग गरिएको छ।

यस्तै साेही बिषयमा नेकपा मसालका प्रवक्ता रामप्रकाश पुरीले पनि प्रेस काउन्सिलमा उजुरी दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad