राजनीति


कर भुक्तानी गर्न दबाब दिएकोमा कांग्रेसको ध्यानाकर्षण

कर भुक्तानी गर्न दबाब दिएकोमा कांग्रेसको ध्यानाकर्षण

नेपालखबर
भदौ २३, २०७७ मंगलबार १५:२२,

नेपाली कांग्रेसले कोरोना भाइरस संक्रमणको असामान्य अवस्थामा पनि सामान्य अवस्थामा जस्तै सरकारले उद्योग, व्यवसायी र करदातालाई नियमित कर विवरण तथा कर भुक्तानी गर्न दबाब दिएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ।

कांग्रेसको उद्योग तथा व्यापार विभागले आज विज्ञप्तिमार्फत एकातिर महिनाभर आवागमनमा रोक लगाउने अर्कोतर्फ मसान्त सकिनै लाग्दा कर उठाउनका लागि मात्रै यही भदौ २३, २४ र २५ गते बैंकहरु खुला गर्न र २५ गतेभित्रै कर विवरण तथा कर भुक्तानी गर्न दबाब दिनु अव्यवहारिक भएको ठहर गरेको छ।

कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि छ महिनादेखि औपचारिक र अनौपचारिक रुपमा जारी रहेको लकडाउन तथा निषेधाज्ञाले देशको आर्थिक, सामाजिक क्षेत्रसँगै सम्पूर्ण उद्योग, कलकारखाना तथा सरकारी, निजी क्षेत्र पनि नराम्रोसँग प्रभावित भएको विज्ञप्तिमा जनाइएको छ।

कोरोनाको त्रास र निषेधाज्ञाका कारण आम जनता घरभित्रै बसिरहेका मात्र छैनन्, सम्पूर्ण कलकारखाना, उद्योगधन्दादेखि सबै कार्यालयहरु बन्द रहेको अवस्थामा पनि कर दाखिला गर भन्नु सर्वोच्च अदालतले जारी गरेको आदेशहरुको विरुद्धको कदम समेत भएको विभागका सचिव दीर्घमान श्रेष्ठले उल्लेख गरेका छन्।

विभागले अव्यवहारिक र व्यवसायी विरोधी निर्देशन सच्याएर निषेधाज्ञापश्चात एक महिनाभित्र करदाताले कर विवरण तथा कर दाखिला गर्ने गराउने व्यवस्था मिलाउन तत्काल सम्बन्धित निकायसँग माग गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad