राजनीति


‘प्रधानमन्त्रीज्यू, कर्मचारीको काँधमा बन्दुक राखेर निषेधाज्ञाको गोलीमात्र जनतातर्फ नबर्साउनुहोस्’

‘प्रधानमन्त्रीज्यू, कर्मचारीको काँधमा बन्दुक राखेर निषेधाज्ञाको गोलीमात्र जनतातर्फ नबर्साउनुहोस्’

नेपालखबर
भदौ २४, २०७७ बुधबार ६:१३,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले प्रधामन्त्री केपी शर्मा ओलीलाई जनताको धैर्यताको जाँच नगर्न चेतावनी दिएका छन्।

सांसद थापाले केही हप्ता अगाडि आफूहरुले प्रधामन्त्री ओलीलाई दुई हप्ता लकडाउन घोषणा गर्न सुझाब दिएको उल्लेख गर्दै दुई हप्तामा गर्नुपर्ने विभिन्न कामका विषयमा अवगत गराएको तर तीन हप्ता बितिसक्दा पनि सरकारका तर्फबाट कुनै काम नभएको आरोप लगाएका छन्।

उनले कोरोनाको महामारीका बेला सरकार निषेधाज्ञा गर्न सीडीओका रुपमा र कोरोनाको आँकडा घोषणा गर्न स्वास्थ्य मन्त्रालयको प्रवक्ताका रुपमा मात्रै उपस्थित भएको बताए।

उनले संसद बन्द गरेर राजनीतिक नेतृत्व बालुवाटारमा आइसोलेसनमा बसेको आरोप समेत लगाए।

उनले तीन हप्तासम्म जनता सरकारको आदेश मानेर बसे पनि सरकारसँग कुनै योजना नभएका कारण अवस्था थप संकटपूर्ण बन्दै गएको बताएका छन्। उनले सरकारले भोका जनताको जिम्मा सीडीओ र प्रवक्तालाई लगाएर आफू दुलोमा लुकेर बसेको भन्दै यसलाई रोक्न र सरकारले के के गरिरहेको छ भन्नेबारे जनतालाई जानकारी दिन समेत आग्रह गरे।

‘हुँदा–हुँदा सरकारले रोग र भोकबाट आहत नागरिकलाई सीडीओ र प्रवक्ताको भरमा छोड्दिन थालेको छ, यो रोकियोस्। सीडीओ र प्रवक्ताको पछाडि लुकेर बसेको राजनीतिक नेतृत्व दुलोबाट निस्केर नागरिकसँग संवाद गर्ने हिम्मत गरोस्’, बुधबार सामाजिक सञ्जाल ट्विटरमा नेता थापाले लेखेका छन्, ‘अनेकन समस्याका बावजुद सीडीओको आदेश मानेर आमनागरिक घरभित्र बसिरहँदा, सरकार के गर्दै थियो त्यो बताओस्। स्वास्थ्यको क्षेत्रमा के केतयारी भयो? संक्रमितको संख्या थपिंदा उपचार गर्न सक्ने क्षमता कति बढ्यो? काम नै नगरिरहेको रेस्पोन्स सिस्टमलाई कहाँ–कहाँ बदलियो? के–के गर्दै जाने योजना छ? लकडाउन–निषेधाज्ञा कसरी उपयोग गर्ने सोचेको, वा लकडाउन गरिरहने सोच हो?

नेता थापाले सरकारले भोका जनता, रोजगार गुमाएका, साना व्यवसायी, किसान, यातायात मजदुरका बारेमा के कस्ता योजना बनाइरहेको छ भनि प्रश्न समेत गरेका छन्। उनले यी सबै विषयमा राजनीतिक नेतृत्वले बोल्नुपर्ने बताएका छन्।

‘यो सबै विषयमा राजनीतिक नेतृत्व नबोल्ने नै हो, आफ्ना कर्मचारीको अनुहार देखाएर काम चल्छ भन्ने लागेको हो र सीडीओको मुखबाट निषेधाज्ञाको आदेश र स्वास्थ्य मन्त्रालयको प्रवक्ताको मुखबाटकोरोना–अपडेट सुनाएर समाधान हुन्छ भन्ने सोचमा सरकार हो भने, प्रधानमन्त्रीज्यू, आम नेपालीको धैर्यताको बाँध कुनैपनि बेला फुट्नसक्छ’, थापाले लेखेका छन्, ‘कृपया नागरिकको धैर्यताको जाँच नगर्नुहोस्। कर्मचारीकोकाँधमा बन्दुक राखेर निषेधाज्ञाको गोली मात्रै जनतातर्फ नबर्साउनुहोस्। यस्तै चलिरहने हो भने नागरिकले सरकारको कुरा सुन्न छाड्नेछन्।’

नेता थापाले कोरोनाकोअहिलेको अवस्थामा नागरिकले सरकारको कुरा सुन्न छाडे भने देश ठूलो संकटमा फस्ने भन्दै । देशलाई जानी जानी त्यस्तो संकटतर्फ नधकेल्न समेत आग्रह गरेका छन्।

उनले सरकारको अकर्मण्यता र गैर जिम्मेवारी प्रवृत्तिबाट कुनै संकट उत्पन्न नहोस् भन्ने चाहना सबैको भएको भन्दै सरकार र राजनीतिक नेतृत्वमा जिम्मेवारी बोध र ईमानदारिता हुने हो भने अझै नबिग्रेको बताए।

Image

Image

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad