राजनीति


एससीओ बैठकमा पाकिस्तानी पक्षले नयाँ नक्सा देखाएपछि बैठकै छाडेर हिंड्यो भारतीय टोली

एससीओ बैठकमा पाकिस्तानी पक्षले नयाँ नक्सा देखाएपछि बैठकै छाडेर हिंड्यो भारतीय टोली

नेपालखबर
भदौ ३०, २०७७ मंगलबार १४:८,

सांघाई कोअपरेसन संगठन (एससीओ) का सदस्य राष्ट्रहरुका राष्ट्रिय सुरक्षा सल्लाहकारहरुको बैठकमा पाकिस्तानी पक्षले आफ्नो नयाँ नक्सा प्रस्तुत गरेपछि भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार बैठक नै छाडेर हिंडेका छन्।

एससीओको अध्यक्ष रहेको रसियाले आयोजना गरेको सो बैठकमा पाकिस्तानी प्रतिनिधिले एक्कासी उसले हालै जारी गरेको नयाँ नक्सा प्रस्तुत गरेपछि भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले बैठक छाडेर हिंडेको भारतको विदेश मन्त्रालयले जनाएको छ।

पाकिस्तानी पक्षले सो नक्सा देखाएपछि बैठकका अध्यक्षसँग परामर्श गरी बैठक छाडेर हिँडेको भारतीय विदेश मन्त्रालयको भनाइ छ।

पाकिस्तानले हालै जारी गरेको राजनीतिक नक्सामा भारतको काश्मिर र जुनागढलाई समेत समेटिएको जनाइएको छ।

पाकिस्तानले गलत नक्सा देखाएपछि त्यसको विरोधस्वरुप भारतीय टोलीले सो बैठक छाडेर हिंडेको भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भारतीय सञ्चारमाध्यमलाई जनाएका छन्।

सन् २००१ मा स्थापना गरिएको एससीओमा चीन, भारत, काजकस्तान, किर्गिज्स्तान, रसिया, पाकिस्तान, ताजकिस्तान र उज्वेकिस्तान सदस्य राष्ट्र छन्। अफगानिस्तान, बेलारुस, इरान र मंगोलिया यसका पर्यवेक्षक राष्ट्र हुन् भने नेपाल, अर्मेनिया, अजरबैजान, क्याम्बोडिया, श्रीलंका र टर्की डाइलग पार्टनरको रुपमा रहेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .