राजनीति


जापानका नयाँ प्रधानमन्त्री बिना सर्त किमलाई भेट्न तयार

जापानका नयाँ प्रधानमन्त्री बिना सर्त किमलाई भेट्न तयार

नेपालखबर
असोज १०, २०७७ शनिबार ९:३४,

किमलाई आफूले बिना सर्त भेट्न तयार रहेको उनले शुक्रबार बताएका छन्।

उनले भनेका छन्, “जापानको नयाँ प्रधानमन्त्रीका रुपमा म उहाँलाई भेट्न चाहन्छु, त्यसका लागि कुनै सर्त मसँगै छैन।”

संयुक्त राष्ट्रसंघको ७५औँ महासभामा बोल्ने क्रममा उनले उत्तर कोरिया र जापानबीचको सम्वन्धलाई सामान्य बनाउन चाहेको पनि स्पष्ट पारे।

उनले जापान—डिपीआरके प्योङ्गयाङ्ग घोषणाको स्मरण गर्दै त्यस अनुसार नै सम्वन्धलाई अगाडि बढाउने चाहेको पनि उल्लेख गरे।

“आपसी सम्वन्ध र परमाणु सम्वन्धी विषयमा सन् २००२ मा भएको दुई पक्षीय सम्झौतालाई कार्यान्वयन गरेर अगाडि बढ्नु पर्ने कुरामा मेरो जोड छ,” उनले भने।

प्रधानमन्त्री सुगाले टोकियो र प्योङ्गयाङ्गका बीचमा रचनात्मक र सन्तुलित सम्वन्धको पक्षमा नै आफु रहेको पनि जानकारी दिए।

उनले भने, “हामीले हाम्रो दुई पक्षीय कारणले मात्रै नभइ यस क्षेत्रमा शान्ति स्थापनाका लागि पनि योगदान पु¥याउनु पर्दछ, त्यसैले हामी बीचमा सहकार्य र सुमधुर सम्वन्धको आवश्यकता छ।”

उनले आफु आफ्ना प्रतिबद्धता र उद्धेश्यबाट पछाडि हट्ने र राम्रो गर्ने अवसरलाई गुमाउने पक्षमा नरहेको पनि स्पष्ट पारे। रासस/एएनआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad