जहाँ डेमोक्रेटिक पार्टीको तर्फबाट उम्मेदवार रहेकी कमला ह्यारिस र रिपब्लिकन पार्टीबाट हालका उपराष्ट्रपति माइक पेन्सले भाग लिएका थिए।
युटा राज्यको साल्ट लेकमा आयोजित ९० मिनेटको बहसमा ह्यारिसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको खेदो खनेकी थिइन्। ट्रम्पको चर्को आलोचना हुँदा माइक पेन्सले भने ट्रम्प सरकारको बचाउ गरेका थिए।
पत्रकार सुुजेन पेजले संचालन गरेको बहसमा कोरोना नेगेटिभ देखिएका मानिसलाई कार्यक्रममा सहभागी गराइएको थियो। व्यक्ति–व्यक्तिबीचको दुरीको नियम पालना गर्नुका साथै दर्शकले मास्क लगाएका थिए।
बहसका क्रममा ट्रम्प गैरजिम्मेवार रहेको ह्यारिसले बताएकी थिइन्। उनले भनिन्,‘ट्रम्पले कोरोना भाइरसलाई अफवाह भएको बताएका थिए। उनले महामारीको महत्वपूर्ण जानकारी लुकाए, अहिले पनि ट्रम्पसँग कोरोनासँग जुध्ने ठोस योजना छैन।’
ह्यारिसको आरोपमा माइक पेन्सले आपत्ति जनाउँदै अमेरिकाले कोरोना रोक्न विभिन्न उपाय अबलम्ब गरेको बताए र केही उदाहरणहरु प्रस्तुत गरेका थिए।
उनले मात्र ५ कोरोना संक्रमित हुँदा अमेरिकाले चीनसँगको उडान स्थगितगर्दै चिनियाँ पर्यटकलाई अमेरिका प्रवेशमा रोक लगाएको बताए।
ह्यारिसले भने ट्रम्प प्रशासनको सबै योजना विफल भएकै कारण अमेरिकामा दुई लाखभन्दा बढीको मृत्यु भएको बताइन्।
पेन्सले ठोस कदम नचालिएको भए अमेरिकामा २० लाखभन्दा बढीको ज्यान गइसक्ने बताएका थिए।
चीनबारे यसो भन्छन् दुई नेता?
बहसमा चीनबारे पनि चर्चा भएको थियो। उपराष्ट्रपति माइक पेन्सले राष्ट्रपति ट्रम्पले जस्तै कोरोना भाइरसको उत्पति हुनुमा चीन जिम्मेवार रहेको बताएका थिए।
चीनले कोरोनाको खतराबारे जानकारी लुकाएका कारण विश्वभर कोरोना फैलिएको पेन्सको भनाई थियो।
पेन्सले भनेका थिए,‘ट्रम्प चीनविरुद्ध खडा भए। उनले चिनियाँ पर्यटकलाई प्रतिबन्ध लगाए। यो कार्यको बाइडेनले विरोध गरेका थिए।’
ह्यारिसले भने चीनसँगको बिग्रँदो सम्बन्धका काराण अमेरिकामा धेरैको ज्यान गएको बताइन्। ह्यारिसका अनुसार चीनसँगको ट्रम्पको नीतिका कारण अमेरिकामा मानिसहरुले जागिर गुमाए र किसान टाट पल्टिए।
‘चीनसँग व्यापार युद्ध जारी छ। ट्रम्पको कार्यकाल सकिन्जेल अमेरिकामा यतिधेरै मानिसले जागिर गुमाइसक्छन् यसअघि कसैको पालामा त्यत्तिको जागिर गुमेको थिएन’ ह्यारिस भन्छिन्,‘घर भाडा कसरी तिर्ने भनेर हजारौं मानिस यहाँ दोधारमा छन्।’
अमेरिकाका सहयोगी राष्ट्रहरुले आजभोली ट्रम्पलाई भन्दा बढी चिनियाँ राष्ट्रपति सी चिनफिङलाई मान्न थालेको ह्यारिसको भनाइ छ।
माइक पेन्सले भने ह्यारिसले चीनको चियर लिडरजस्तै काम गरेको बताएका थिए। एजेन्सी
Shares

प्रतिक्रिया