राजनीति


कोरोना संक्रमणपछि आईसीयूमा उपचाररत नेकपा सांसद शान्ता चौधरीको अवस्था कस्तो छ?

कोरोना संक्रमणपछि आईसीयूमा उपचाररत नेकपा सांसद शान्ता चौधरीको अवस्था कस्तो छ?

नेपालखबर
असोज २५, २०७७ आइतबार ३:३६,

तीन दिनदेखि सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत सत्तारुढ दल नेकपा नेतृ शान्ता चौधरीको स्वास्थ्यमा सामान्य सुधार देखिएको छ।

‘चिकित्सकहरुले सामान्य सुधार देखिएको बताउनुभएको छ। उहाँलाई श्वासप्रश्वासमा समस्या देखिएको छ,’ नेकपाकी सांसद भगवती सापकोटाले नेपालखबरसँग भनिन्।

प्रतिनिधिसभामा नेकपाकी सचेतक चौधरीलाई कोराना पोजिटिभ देखिएपछि गत बुधबार वीर अस्पताल भर्ना गरिएको छ। श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई आईसीयूमा सारिएकाे हाे। 

स्तन क्यान्सरको उपचारपछि चौधरीलाई दम र उच्च रक्तचापको समस्या थियो।

‘अहिले सुगरको मात्रा पनि बढेको छ। पहिले देखिएको थिएन,’ सापकोटाले भनिन्, ‘हामीले उहाँको स्वास्थ्य अवस्थाबारेमा निरन्तर जानकारी लिइरहेका छौं। उहाँले गत आइतबार टाउको दुखेको, हल्का ज्वरो आएको र खाना रुच्न छाडेको बताउनुभएको थियो।

चौधरीको छोरीलाई समेत कोरोना संक्रमण भएकाे छ। कुनै पनि लक्षण नदेखिएकाले छोरी भने होम आइसोलेसनमा बसेकी छन्। दाङमा पहिले कमलरी जीवन बिताउन बाध्य चौधरी समानुपातिकतर्फकी सांसद हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad