कला


‘अनैतिक सामग्री’ भन्दै पाकिस्तानले पनि लगायो टिकटकमा व्रतिवन्ध

‘अनैतिक सामग्री’ भन्दै पाकिस्तानले पनि लगायो टिकटकमा व्रतिवन्ध

नेपालखबर
असोज २५, २०७७ आइतबार ३:५७,

पाकिस्तानले पनि सामाजिक सञ्जाल टिकटकमा प्रतिवन्ध लगाएको छ।

चिनियाँ एप टिकटकलाई यसअघि भारत, अमेरिकालगायतका देशले प्रतिवन्ध लगाइसकेका छन्। शुक्रबारदेखि टिकटकमा पाकिस्तानले पनि प्रतिवन्ध लगाएको हो।

चीनसँगको सदाबहार मित्र पाकिस्तानले टिकटकलाई प्रतिवन्ध लगाउनुलाई चासोको रुपमा हेरिएको छ। पाकिस्तानका अधिकारीहरुले ‘अनैतिक सामग्री’ भएको निश्कर्ष निकाल्दै टिकटकलाई देशभित्र प्रतिवन्ध लगाइएको जनाएका छन्।

टिकटकबाट मुस्लिम धार्मिक संस्कारको उलंघन र त्यसलाई असर पार्ने कार्य भइरहेको ठहर पाकिस्तानले गरेको छ। धार्मिक संस्कारहको संरक्षणका लागि टिकटकलाई प्रतिवन्ध लगाउनु परेको उनीहरुको तर्क छ।

पाकिस्तानी दुरसञ्चार प्राधिकरणद्धारा जारी वक्तव्यमा सामाजिक तथा धार्मिक संस्कार विथोल्ने गतिविधि भएको भन्दै टिकटक विरुद्धमा उजुरीहरू परेको उल्लेख गरिएको छ।

मुस्लिम संस्कार अनुसार महिलाहरूले बुर्का लगाउनु पर्ने, शारिरिक अंगहरू प्रदर्शन गर्न नहुनेलगायतका कडा सांस्कृति व्यवस्था भएपनि टिकटक प्रयोगकर्ताहरूले त्यसलाई उलंघन गरेको उजरीकर्ताहरुको दाबी छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad