समाज


२८ दिनपछि यसरी ताेडियाे डा. केसीको अनसन (भिडियाे)

२८ दिनपछि यसरी ताेडियाे डा. केसीको अनसन (भिडियाे)

नेपालखबर
असोज २५, २०७७ आइतबार ४:२८,

गएराति सरकारसँग ८ बुँदे सहमति भएपछि डा. गोविन्द केसीले २८ दिनदेखि जारी आमरण अनसन तोडेका छन्।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा आयोजित एक कार्यक्रमबीच उनले अनसन तोडेका हुन्।

बिहान १० बजे अस्पतालका सफाई कर्मचारी विकास नेपालीले जुस खुवाएर अनसन तोडेका थिए।

सोलिडायरिटी अफ डा गोबिन्द केसीका प्रितम सुवेदीका अनुसार अनसन तोडेलगत्तै केसीको आवश्यक उपचार सुरु भएको छ।

GovindKC Oct11 ansan toddai

सरकार र केसीका प्रतिनिधिहरुबीच शनिबार मध्य राति ८ बुँदे सहमति भएको थियो।

सो कार्यक्रममा सरकारसँग भएको सम्झौता पढेर सुनाइएको थियो।

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै वर्षौंदेखि अनसन गर्दै आएका डा. केसीले यसपटक १९औं अनसन जुम्लाबाट सुरु गरेका हुन्। त्यसपछि सरकारको ध्यान नगएको भन्दै उनी काठमाडौं आई सो अनसन जारी राखेका थिए।

भिडियाे :  

याे पनि: 
सरकार र डा.केसीबीच मध्यराति ८ बुँदे सहमति (सहमतिपत्रसहित)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad