राजनीति


बेलायती राजकुमार विलियमलाई कोरोना संक्रमण भएको खबर सार्वजनिक गरिएन

बेलायती राजकुमार विलियमलाई कोरोना संक्रमण भएको खबर सार्वजनिक गरिएन

नेपालखबर
कात्तिक १७, २०७७ सोमबार ९:१४,

बेलायती राजकुमार विलियमलाई केही महिनाअघि कोरोना भाइरस संक्रमण भएको खुलासा भएको छ।

उनी कहिले संक्रमित भएका थिए भन्ने स्पष्ट छैन। तर, अप्रिल ९ देखि १६ सम्म उनी सम्पर्कविहीन बसेको जनाइएको छ।

विलियमले ‘अरु महत्वपूर्ण काम जारी रहेको र अरुलाई चिन्तित तुल्याउन नचाहेकाले’ यो खबर सार्वजनिक नगरेको बताएका छन्।

मार्चमा विलियमका पिता राजकुमार चार्ल्सलाई पनि कोरोना संक्रमण भएको थियो।

७१ वर्षीय चार्ल्सलाई हलुका लक्षण देखिएको जनाइएको थियो।

अप्रिलमै बेलायती प्रधानमन्त्री बोरिस जोनसन पनि कोरोना संक्रमणका कारण थलिएका थिए।

हाल बेलायतमा कोरोना संक्रमणको दोस्रो लहर बढ्दै गएपछि एक महिनाका लागि लकडाउन घोषणा गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad