राजनीति


नख्खुबाट विप्लव नेकपाका दुई नेतालाई प्रहरीले पक्राउ गरेपछि प्रकाण्डले दिए यस्तो धम्की

नख्खुबाट विप्लव नेकपाका दुई नेतालाई प्रहरीले पक्राउ गरेपछि प्रकाण्डले दिए यस्तो धम्की

नेपालखबर
मंसिर ७, २०७७ आइतबार २:४२,

काठमाडौंको नख्खुबाट आफ्ना दुई केन्द्रीय नेतालाई पक्राउ गरेपछि नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाले प्रहरीलाई धम्की दिएको छ।

आफ्ना पोलिटब्युरो सदस्य एवं केन्द्रीय अर्थ विभागका प्रमुख प्रेम दर्नाल (विकल्प) र विभागका सदस्य सन्जीव नेपाली (सुवर्ण)लाई प्रहरीले नियन्त्रणमा लिएको भन्दै विप्लव नेकपाका  प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले विज्ञप्ति जारी प्रहरीलाई धम्की दिएका हुन्। 

शनिबार विज्ञप्ति जारी गरी उनले शुक्रबार दिउँसो नख्खु क्षेत्रमा व्यवसायीसँग बैठक बसिरहेका बेला आफ्ना दुई केन्द्रीय नेतालाई झुटाे आराेप लगाएर ‘आपराधिक र अपहरणकारी शैलीमा गिरफ्तार गरिएको’ भन्दै प्रहरीलाई धम्की दिएका हुन्। 

पार्टीको केन्द्रीय आर्थिक नीति र योजनाअन्तर्गत आर्थिक कार्यमा क्रियाशील आफ्ना नेतालाई प्रहरीले जबर्जस्ती चन्दा असुली र धम्कीको झुटो आरोप लगाएको विज्ञप्तिमा दाबी गरिएको छ।

गिरफ्तारीले राजनीतिक स्वतन्त्रता र मानव अधिकारको घोर उल्लंघन भएको भन्दै बिनासर्त उनीहरूलाई रिहाई गर्न विप्लव नेकपाका प्रवक्ता प्रकाण्डले माग गरेका छन्।

विज्ञप्तिमा यस्ताे धम्कीकाे भाषा प्रयाेग गरिएकाे छ- ‘निचतापूर्ण आक्षेप लगाउने, बदनाम गर्न कुचेष्टा गर्ने, झूट्टो मुद्दामा फसाउन अपराध गर्ने र शारीरिक तथा मानसिक यातना दिई कार्यकर्ताहरूको स्वास्थ्यमाथि खेलबाड गर्ने हर्कत गरियो भने उक्त कार्य पार्टीलाई कुनै पनि मूल्यमा स्वीकार्य हुने छैन। त्यसको भागीदार अपराधमा संलग्न तत्वहरू भएरै छाड्ने कुरा पनि पार्टी स्पष्ट गर्दछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad