राजनीति


साझासँगको एकताप्रति असहमति राख्दै उपाध्यक्षसहित एक समुहले छाड्यो विवेकशील

साझासँगको एकताप्रति असहमति राख्दै उपाध्यक्षसहित एक समुहले छाड्यो विवेकशील

यज्ञराज जोशी
मंसिर १८, २०७७ बिहिबार ५:२८,

विवेकशील नेपाली दलकी उपाध्यक्ष अजिता राईसहित एक समूह साझा पार्टीसँगको एकतामा सहभागी नहुने भएको छ।

उपाध्यक्ष राई लगायत १३ जनाले एकताबारे पहिलेदेखि नै असन्तुष्टि जनाउँदै आएका थिए।

‘विगतमा साझासँग छुट्टिदाको तिक्तता अझै बाँकी रहेकाले ती कुरा नमिलाई एकतामा जान नहुने हामीले भन्दै आएका थियौं,’ राईले नेपालखबरसँग भनिन्, ‘अहिले यो कुरा बाहिर आएको मात्रै हो। हाम्रो कुरा विवेकशीललाई नै फेसबुक र उपत्यकाभन्दा तल्लोकमिटीसम्म पुर्‍याउन लाग्नुपर्छ भन्ने थियो।’

१३ जना सदस्यहरु एकतामा सहभागी नहुने भएपछि अब ३५ जना संघीय समितिमा रहेका विवेकशीलका २२ जनामात्रै साझासँगको एकतामा सहभागी हुनेछन।

एकता प्रक्रियाबाट अलग हुनेमा उपाध्यक्ष अजीता राई, सचिव(व्यवस्थापन) संगीता बाटाजु, संघीय समिति सदस्यहरु कर्मा लामा तामाङ, छिरिंङ तामाङ,विजय बाबु शिवाकोटी, जेसन बैद्य,शिशिर राई, जमाल अली, आशीष राई, ज्ञानेन्द्र निरौला, साधना थुलुङ्ग राई, शशिविक्रम कार्की, आलोक सुवेदी छन्।

यो पनि: साझा–विवेकशील एकीकरण : नाम र चुनाव चिन्हमा जुट्यो सहमति, नेतृत्वबारे यस्तो समझदारी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .