राजनीति


स्थायी समिति बैठकमा कसरी प्रस्तुत हुने भन्नेमा ओलीपक्षीय नेताहरु अन्यौलमा

स्थायी समिति बैठकमा कसरी प्रस्तुत हुने भन्नेमा ओलीपक्षीय नेताहरु अन्यौलमा

नेपालखबर
मंसिर २०, २०७७ शनिबार १३:४१,

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले असहमति जनाउँदा जनाउँदै पनि भोली आइतबार स्थायी समिति बैठक बस्ने भएपछि ओलीपक्षीय नेताहरु अन्यौलमा परेका छन्।

आज शनिबार बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले भोली तय भएको स्थायी समिति बैठक सार्न र सो बैठकमा छलफल गर्न लागिएका दुई अध्यक्षका प्रतिवेदनहरु पनि पेस नगर्न प्रस्ताव गरेका थिए।

तर पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका बहुमत सदस्यले आइतबारका लागि तय भएको स्थायी समिति बैठक गर्ने र त्यहाँ दुवै अध्यक्षका प्रतिवेदन पेस गर्न जोड गरेपछि सोहि निर्णय भएको थियो।

बैठक रोक्न प्रयास गर्दागर्दै हुने नै भएपछि सो बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे अहिले ओलीपक्षीय नेताहरु अन्योलमा परेको एक नेताले बताए।

भोलि स्थायी समिति बैठक बस्ने भनेर आफुहरुलाई सूचना आएपनी सचिवालयमा विवाद नटुङ्गी बैठक बस्ने निर्णय कसरी भएको हो भन्नेबारे अन्यौलता भएको ओलीनिकट एक स्थायी समिति सदस्यले बताए।

‘भोलि स्थायी समिति बैठक १ बजे बस्ने भनेर सूचना आएको छ तर सचिवालयमा विवाद टुङ्गिएको देखिएन,’ ती नेताले नेपालखबरसंग भने, ‘विवाद टुङ्गो लगाएर स्थायी समितिमा लानुपर्ने हो तर बैठक तय नै भएको सूचना आइसक्यो त्यसैले बैठक कसरी अघि बढ्छ अहिले यसै भन्न सक्ने अवस्था छैन।’

तर ओलीनिकट अर्का स्थायी समिति सदस्य सुवास नेम्वाङले भने सचिवालयको निर्णयबारे अन्यौल नभएको बताए।

‘भोली १ बजे बैठक स्थायी कमिटीको बैठक बस्छ, त्यही निर्णय हो,’ नेम्वाङले भने।

प्रधानमन्त्री ओलीले भोलिको स्थायी समिति बैठकमा नजाने संकेत समेत गरेको नेताहरुले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad