मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ।
सो बैठक हिजो सोमबार साँझ नै खबर गरी बसेको नियमित बैठक भएको एक मन्त्रीले बताए।
नेकपामा विवाद थप जटिल बन्दै जाँदा प्रधानमन्त्रीले पार्टी विभाजनका लागि सहज हुनेगरी अध्यादेश ल्याउने अड्कलबाजी समेत भइरहेका बेला बैठक डाकिएका कारण सो आशंका समेत गरिएको छ।
‘बैठकमा नियमित एजेन्डा मात्र भएको जानकारी छ,’ एक मन्त्रीले भने।

प्रतिक्रिया