राजनीति


मानवअधिकारकर्मी कृष्ण पहाडी लगायत १६ जना पक्राउ

मानवअधिकारकर्मी कृष्ण पहाडी लगायत १६ जना पक्राउ

नेपालखबर
पुस ६, २०७७ सोमबार ७:३,

सरकारले संसद विघटन गर्नु असम्वैधानिक रहेको भन्दै आन्दोलनमा उत्रिएका मानवअधिकारकर्मीहरुलाई प्रहरीले पक्राउ गरेको छ। 

मानवअधिकारकर्मी कृष्ण पहाडीलगायतलाई प्रहरीले सिंहदरबारको दक्षिणी गेटबाट पक्राउ गरेको हो। 

मानवअधिकार तथा शान्ति समाजको ब्यानरमा आन्दोलमा उत्रिएका उनीहरुलाई सोमबार प्रहरीले पक्राउ गरेको हो। 

शान्ति समाजले १६ अधिकारकर्मी गिरफ्तार भएको जनाएको छ। समाजका संस्थापक सभापति कृष्ण पहाडीसहित सभापति उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, पुर्व महासचिव कुमारराज सुवेदी, सचिव बलबहादुर गाहा मगर, काठमाडौ शाखा सभापति जगन्नाथ पुडासैनी, ललितपुर शाखा सभापति चन्द्रमणी बञ्जारा, अधिकारकर्मीहरु अमृतजंग महत, ईश्वर पुडासैनी, माँया भट्टराई, महेश आचार्य, बच्चुराम शर्मा, विकास थापा, किरण ढकाल, चिरञ्जीवी खड्का, तुलसीराम भण्डारीलाई प्रहरीले गिरफ्तार गरेको समाजले जनाएको छ।

समितिले प्रधानमन्त्री केपी शर्मा ओलीको सनक र राष्ट्रपति बिद्यादेवी भण्डारीको मिलेमतोका कारण प्रतिनीधि सभा बिघटन हुनु निन्दनीय रहेको भन्दै उक्त विघटन असंबैधानिक, स्वेच्छाचारी एवं अलोकतान्त्रिक भएको जनाएको छ।

सरकारले आइतबार गरेको संसद विघटनको सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले लागु गरेकी थिइन।

त्यसको विरोधमा हाल देशभर प्रदर्शन भइरहेका छन।manab_adhikarkarmi_pakrau4.jpgmanab_adhikarkarmi_pakrau3.jpg

manab_adhikarkarmi_pakrau2.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad