राजनीति


नेपालीले कहिले पाउँछन् कोरोनाविरुद्धको खोप? यसो भन्छन् प्रधानमन्त्री ओली

नेपालीले कहिले पाउँछन् कोरोनाविरुद्धको खोप? यसो भन्छन् प्रधानमन्त्री ओली

नेपालखबर
पुस १७, २०७७ शुक्रबार ११:१६,

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना खोप ल्याउनका लागि सरकारले गम्भीरताका साथ तयारी गरिरहेको बताएका छन्।

शुक्रबार बालुवाटारमा आयोजित बालबालिकासँग प्रधानमन्त्री कार्यक्रममा प्रधानमन्त्री ओलीले छिट्टोभन्दा छिट्टै भ्याक्सिन ल्याउन विषयमा छलफल भइरहेको बताए।

नेपालीले कोरोनाको खोप कहिले पाउँछन्? हामी कहिलेदेखि पहिलकै जस्तो ढुक्क भएर विद्यालय जान पाउँछौँ भन्ने विद्यार्थीको प्रश्नमा प्रधानमन्त्री ओलीले यस्तो जवाफ दिएका हुन्।

उनले निजी क्षेत्रलाई पनि भ्याक्सिन ल्याउन अनुमति दिने र सरकारका तर्फबाट पनि छिटो ल्याउने गरी तयारी भएको बताए।

‘निजी क्षेत्रलाई पनि भ्याक्सिन ल्याउनका लागि अनुमति दिने र सरकारका तर्फबाट पनि छिटोभन्दा छिटो ल्याउने र सबैभन्दा पहिला फ्रन्टलाइनमा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जेष्ठ नागरिक र अरु गर्दै सबै नेपालीहरु जसलाई भ्याक्सिन आवश्यक हुन्छ त्यहाँ पु¥याउने गरी तयारी गरेका छौँ’, प्रधानमन्त्री ओलीले भने।

प्रधानमन्त्री ओलीले विश्व स्वास्थ्य संगठनबाट आफूहरुले कोभ्याक्स अन्तर्गतको खोप आउने भए पनि त्यो अलि ढिला हुने भएका कारण त्यो भन्दा अगाडि नै खोप खरिद गर्ने बताए।

उनले खोप खरिद गर्दा विशेष गरेर छिमेकी मूलुकमा बनेका र नेपालको जस्तै हावा, पानी खानपिनमा प्रयोग र परीक्षण गरिउको भ्याक्सिनमा जोड दिएको बताए।

‘हामीले विश्व स्वास्थ्य संगठनबाट कोभ्याक्स प्राप्त गर्छौँ, त्यो अलिकति ढिला हुनसक्छ। त्यो भन्दा अगाडि नै हामीले किनेर ल्याउँछौँ’, उनले भने, ‘सकेसम्म हाम्रो प्राथमिकता हाम्रा छिमेकी देशहरुमा बनेको, हाम्रोजस्तै हावा, पानी, खानपिन आदिमा, हामीसँग मिल्दोजुल्दो खालको परिस्थतिमा प्रयोग र परीक्षण गरिएको भ्याक्सिनमा बढी उपायोगी हुनसक्छ भन्ने कुरामा हामीले जोड दिएका छाौ र प्रक्रिया अगाडि बढाएका छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad