नेपाली कांग्रेसका सांसद जितेन्द्र नारायण देवले प्रधानमन्त्री केपी शर्मा ओलीका अन्त्यन्तनिकट व्यक्तिबाटै संघीयता खारेजी गर्ने प्रस्ताव आउन थालेकोमा गम्भीर आपत्ति व्यक्त गरेका छन्।
‘प्रधानमन्त्री केपी ओलीको किचन क्याबिनेटकै एक नेत्री, जो प्रधानमन्त्री ओलीलाई बा भन्नुहुन्छ,’ देवले भने, ‘उहाँले संघीयता खारेजी गर्न माग गर्नुभएको कुरा के हो?’
नेकपा नेतृ निरुदेवी पालले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री ओलीलाई सम्बोधन गरेर अब संघीयता खारेज गर्न आग्रह गरेकी थिइन्।
‘सम्माननीय प्रधानमन्त्रीज्यु आँट गर्नुस् संघीयता खारेज गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र संसदको सिट १०५ केन्द्रको मन्त्रीमण्डल बढिमा १५ सदस्यीय र भ्रष्टाचारीलाई जेलको कालकोठरीमा सडाउने आँट गर्नुस् नेपाली जनताको मनमस्तिष्कमा सधै बस्नुहुनेछ,’ उनले भनेकी छन्।
Shares

प्रतिक्रिया