सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकार काम चलाउ नभएको भन्दै सबै निर्णय वैधानिक हुने बताएका छन्।
शुक्रबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सरकारले गरेका निर्णय संविधान अुनसार नै भएको बताएका हुन्।
मन्त्री गुरुङले राष्ट्रपतिविरुद्ध लाग्ने नारा गणतन्त्रलाई कमजोर बनाउने हेतुले भएको समेत दाबी गरे।
यसैबीच, मन्त्रिपरिषदले नेपालको सगरमाथाको नयाँ उचाइ राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको छ। मन्त्री गुरुङका अनुसार बाल पोषण अनुदान कार्यक्रम थप ११ जिल्लामा सुरु गर्ने निर्णय मन्त्रिपरिषदले गरेको छ।
त्यस्तै, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले पेस गरेको निजी फर्म दर्ता १३औँ संशोधन नियमावली २०७७ स्वीकृत गर्ने निर्णय भएको मन्त्री गुरुङले बताए।
यसबाहेक पुरानो लुम्बिनी तिलौराकोटमा ३५ वटा घर प्राप्ति गर्ने निर्णय समेत भएको उनले जानकारी दिए।
त्यस्तै, उनले अग्रेजी नयाँवर्षको अवसरमा नेपाल टेलिकमले एकैतारबाट ३ वटा सेवा सुरु गरेको जानकारी दिएका छन्। मन्त्री गुरुङका अनुसार टेलिकमले आजबाट एनटीटीभीको सुरुवात गरेको हो।
Shares

प्रतिक्रिया