राजनीति


सडकमा अशिष्ट र अभद्र नारा लाग्न थाले : सञ्चारमन्त्री गुरुङ

सडकमा अशिष्ट र अभद्र नारा लाग्न थाले : सञ्चारमन्त्री गुरुङ

नेपालखबर
पुस १७, २०७७ शुक्रबार १३:२९,

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आन्दोलनको नाममा सडकमा अभद्र र अमर्यादित नारा लाग्न थालेको बताएका छन्।

शुक्रबार नेपाल सरकारले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले यस्ता नाराले व्यवस्थामाथि नै आँच आउन सक्ने आशंका व्यक्त गरे।

मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गर्दै मन्त्री गुरुङले सडकमा नेपालको संविधान र राष्ट्रपति संस्थामाथि अभद्र, अशिष्ट र अराजनीतिक नारा लागेको भन्दै त्यसले नेपालको प्रणालीप्रति नै आँच आउने तर्फ सजग हुनुपर्ने बताएका हुन्।

सत्तारुढ दल नेकपाको विभाजन पछि प्रचण्ड–नेपाल समूहले प्रतिनिधि सभा विघटनविरुद्ध केही दिन अघि आयोजना गरेको विरोध प्रदर्शनका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध एक समूहले आपत्तिजनक नारा लगाएको थियो। मन्त्री गुरुङले सोही प्रदर्शनलाई लक्षित गर्दै आपत्ति प्रकट गरेका हुन्।

सो क्रममा मन्त्री गुरुङले राजनीतिक दलहरुलाई आगामी वैशाखमा हुने निर्वाचनको तयारीमा लाग्न आग्रह पनि गरे।

संसद पुर्नस्थापनाको माग गर्दै सडक आन्दोलन गर्ने राजनीतिक दलहरुलाई आगामी वैशाखमा घोषणा भएको निर्वाचनको तयारीमा लाग्न अनुरोध गरेका थिए। उनले सरकारले निर्वाचनको तयारी गरेको, निर्वाचन आयोगले समेत निर्वाचनको तयारी गरिसकेको अवस्थामा संसद पुर्नस्थापनाको आशा नगरी निर्वाचनमा लाग्न अनुरोध गरे।

मन्त्री गुरुङले प्रतिनिधि सभा विघटन पछि सरकारले गरेका कामको वैधानिकतामाथि प्रश्न उठ्ने गरेको भन्दै सरकारले गरेको काम संवैधानिक भएको बताए। सरकारले गरेको काम नेपालको कानून बमोजिम मान्यता प्राप्त हुने उनको भनाई छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad