ब्याडमिन्टन खेलाडी उत्पादनका लागि काठमाडौं ब्याडमिन्टन एकेडेमी (केबीए) को स्थापना भएको छ।
शुक्रबार आयोजित एक कार्यक्रममा राष्ट्रिय प्रतियोगितामा तीन पटक च्याम्पियन रहेकी रीता अधिकारी विष्टको अध्यक्षतामा केबीए स्थापना गरिएको हो।
तीन पटक नै राष्ट्रिय च्याम्पियन रहेकी शान्ति मानन्धर केबीएको संस्थापक सदस्य रहेको केबीएको सचिवमा ब्याडमिन्टन एसियाका अम्पायर दीपक थापा छन्। एकेडेमीको उपाध्यक्षमा रुपक राजवंशी र कोषाध्यक्ष मनोज श्रेष्ठ छन्।
केबीए स्थापनाको घोषणासँगै प्रशिक्षणका लागि ट्रेनिङ हलको लागि बुल्स इन्डोर स्पोट्र्स हल, नक्खुसँग सहकार्य गरेको छ। सम्झौता–पत्रमा केबीएका सचिव दीपक थापा र बुल्स इन्डोर स्पोर्टस्हलका सिओओ करण पुनले हस्ताक्षर गरे।
केबीएमा खेलाडीलाई ट्रेनिङ र प्रतियोगितामा बढीभन्दा बढी अवसर दिने विश्वासकासाथ स्थापना गरिएको बताइएको छ। केबीएको मुख्य प्रशिक्षकमा बालकृष्ण थापा तथा अर्का प्रशिक्षक पुरुषोत्तम ढकाल छन्। थापा २ दशकदेखि र ढकाल १ दशकदेखि प्रशिक्षकका रुपमा कार्यरत छन्।

प्रतिक्रिया