राजनीति


प्रधानमन्त्री ओली सहभागी कार्यक्रममा कालो मास्क, गलबन्दी र  टोपीसमेत प्रतिबन्ध

प्रधानमन्त्री ओली सहभागी कार्यक्रममा कालो मास्क, गलबन्दी र  टोपीसमेत प्रतिबन्ध

नेपालखबर
पुस १८, २०७७ शनिबार ८:५६,

प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने नेपाल प्रज्ञा प्रतिष्ठानको बृहत कार्यकर्ता भेलामा सहभागीलाई कालो मास्क, टोपी र गलबन्दी लगाउन प्रतिबन्ध लगाइएको छ।

शनिबार प्रधानमन्त्री ओली नेतृत्वको नेकपाले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौँ जिल्लाको बृहत् कार्यकर्ता भेला राखेको छ।

उक्त भेलामा सहभागी हुनलेलाई कालो मास्क, टोपी र गलबन्दी लगाउन प्रतिबन्ध लगाइएको हो।

 भेलामा सहभागी हुन् कालो मास्क, टोपी अथवा गलबन्दी लगाएका नेता तथा कार्यकर्तालाई सुरक्षाकर्मीले प्रवेशद्वारमै रोकेका थिए। संकेतिक विरोधका लागि त्यस्ता बस्तुको प्रयोग हुने भन्दै उनीहरुलाई बाहिरै रोकिएको आयोजकले जनायो।

भेलालाई प्रधानमनन्त्री एवं अध्यक्ष केपी शर्मा ओली, सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा, उपप्रधानमन्त्री ईश्वर पोखरेल, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले सम्बोधन गर्ने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad