प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाका नेता एवं शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठले फुटको पीडा थाहा पाउन नेकपाका उपाध्यक्ष वामदेव गौतमसँग प्रशिक्षण लिन सुझाब दिएका छन्।
शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित काठमाडौँ जिल्लाको बृहत् कार्यकर्ता भेलामा नेता श्रेष्ठले नेकपाकै अर्का समूहका दुई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई यस्तो सुझाब दिएका हुन्।
‘पार्टी फुटको पीडा थाहा पाउन वामदेव गौतमसँग प्रशिक्षण लिन जानुहोस्’, श्रेष्ठले भने।
उनले नेकपाको सम्पतीमा आँखा नलगाउनप्रचण्ड–नेपाल समूहलाई चेतावनी समेत दिए।
उनले काठमाडौँ, भक्तपुर र ललितपुर नेकपाको लालकिल्ला नाउने र त्यसलाई कसैले रोक्न नसक्ने बताए।
उनले सूर्य चिन्ह ओलीस् नेतृत्वको नेकपाको हुने र आगामी निर्वाचनमा त्यही चिन्हबाट चुनाव लडेर बहुमत ल्याउने दावी गरे।
‘जहाँ केपी ओली त्यही सूर्य, जहाँ केपी ओली र सूर्य, त्यही जनता, जहाँ नेकपा त्यही जनता’, उनले भने।

प्रतिक्रिया