ती अस्पतालहरुले अग्रपंक्तिका कामदार स्वास्थ्यकर्मी, प्रहरी तथा सेनालाई प्रदान गरिनुपर्ने खोप आफ्नो आफन्तमा प्रयोग गरिदिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।
रेडल्यान्ड्स कम्युनिटी हस्पिटल र साउथर्न क्यालिफोर्निया हस्पिटलले आफन्तहरुलाई खोप लगाइदिएको बताइएको छ।
अस्पतालहरुले भने अग्रपंक्तिमा कामदारमा प्रयोग भएर रहेका खोपहरु उनीहरुमा प्रयोग गरिएको प्रतिक्रिया जनाएको छ।
यी सबैले फाइजर–बायोएनटेकले बनाएको खोप प्राप्त गरेका हुन्। अब चाँडै उनीहरुले दोस्रो डोज खोप लगाउनेछन्।
यस घटनासँगै प्राथमिकताको आधारमा खोप प्रदान गर्न स्थानीय प्रशासनले आदेश दिएको छ।
अमेरिकामा गत महिनादेखि नै खोप कार्यक्रम संचालन भइसकेका छन्। त्यहाँ फाइजर–बायोएनटेक र मोडेर्नाको खोप प्रयोगका लागि स्वीकृति दिइएको छ। एजेन्सी

प्रतिक्रिया