राजनीति


बिहेको तयारीमा रहेका युवकको करेन्ट लागेर मृत्यु

बिहेको तयारीमा रहेका युवकको करेन्ट लागेर मृत्यु

शैलेन्द्र महतो
पुस २५, २०७७ शनिबार ९:३१,

महोत्तरीमा विवाहको तयारीमा रहेका एक युवकको करेन्ट लागेर ज्यान गएको छ।

मृत्यु हुनेमा सोनमा गाउँपालिका ३ रघुनाथपुरका पनिलाल सहनीका २० वर्षीय छोरा राकेश सहनी रहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ।

शनिबार बिहान ९ बजे स्थानीय रामजानकीको मन्दिरमा भजनकीर्तनका लागि लाउडिस्पिकर बजाउन बिजुलीको पोलमाथिको तार जोड्ने क्रममा सहानीलाई करेन्ट लागेको थियो।

उनलाई उपचारका लागि हस्पिटल लजाँदै गर्दा बाटमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घरपरिवारले अगामी माघमा राकेशको विवाह गर्ने तयारी थालेको थियो। उनको मृत्युले परिवारसहित स्थानीय शोकमा डुबेका छन्।

एता मृतकको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको र घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad