राजनीति


आफ्नो व्यक्तित्व बिर्सेर सुवास नेम्वाङ र अग्नि खरेल ओलीका जागिरेमात्रै भए : झलनाथ खनाल

आफ्नो व्यक्तित्व बिर्सेर सुवास नेम्वाङ र अग्नि खरेल ओलीका जागिरेमात्रै भए : झलनाथ खनाल

नेपालखबर
पुस २५, २०७७ शनिबार ९:२१,

प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्नुअघि पनि अनेकौ पटक धम्की दिँदै आएको बताएका छन्।

शनिबार काठमाडौँको चावहिलमा सम्पर्क समन्वय कमिटीद्वारा आयोजिन भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्दै नेता खनालले प्रधानमन्त्रीले पटक–पटक धम्की दिँदै आएको बताएका हुन्।

उनले संविधानले संसद विघटनको अधिकार नदिएको भन्दै यस विषयमा आफूहले संविधान निर्माणका क्रममा धेरै बहस गरेर यो प्रावधान राखेको बताए।

उनले स्थिरता नभएसम्म देश विकास समृद्धितर्फ जान नसक्ने भएका कारण आफूहरुले स्थिरताका लागि विगतका अनुभवका आधारमा प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नराखेको बताए।

संविधानमा हामीले प्रधानमन्त्रीले संसद विगठन गर्ने प्रावधान नै राखेनौँ’, उनले भने, ‘प्रधानमन्त्रीलाई यो अधिकार छैन।’

उनले संविधानको धारा ७६ र १०० ले संसदभित्र नै वैकल्पिक सरकारका सम्भावना रहुँजेल संस विगठन हुन नहुने र संसद पाँचै वर्ष चल्नुपर्ने प्रवधान राखिएको जानकारी दिए।

उनले धारा ७६ बनाउने क्रममा छलफलमा अनेकौँ घण्टा विताएको र यो कुरा हाल प्रधानमन्त्री ओलीका महान्यायाधिवक्ता रहेका अग्नि खरेल र तत्कालीन संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई पनि थाहा भएको बताए। उनले नेम्वाङ र खरेलका भनाइहरु अहिले पनि सामाजिक सञ्जालहरुमा भाइरल भइरहेको बताए।

‘धारा ७६ फाइनल गर्दामात्रै हामीले अनेकौँ घण्टा बिताएका छौँ’, उनले भने यो कुरा सुवास नेम्वाङलाई थाहा छैन? यो कुरा महान्यायाधीवक्ता अग्नि खेरललेलाई थाहा छैन? थाहा छ, उनीहरुले विभिन्न वक्ताव्यमा भनेका छन्, मिडियामा बोलेका छन्। उनीहरुका कमिटमेन्टहरु अहिले पनि भाइरल भइरहेको अवस्था छ।’

पूर्व प्रधानमन्त्री समेत रहेका खनालले खरेल नेम्वाङ आफ्नो व्यक्तित्व बिर्सेर ओलीजस्तो तानाशाहको जागिरे भएर बसेको आरोप लगाए।

‘नेम्वाङ र खरेल आज केपी ओलीजस्तो तानशाहका पछाडि एउटा जागिरेजस्तो भएर बसेका छन्। उनीहरुसँग आफ्नो व्यक्तित्व, स्वतन्त्रता छैन’, उनले भने, ‘सोचुन् उनीहरुको पनि एउटा व्यक्तित्व थियो, त्यो व्यक्तिलाई स्थापित गरेर सही दिशामा अगाडि बढुन भन्ने हामी चाहन्छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad