राजनीति


लोकतन्त्र र संविधानको रक्षाका लागि एक होऔँ : पौडेल

लोकतन्त्र र संविधानको रक्षाका लागि एक होऔँ : पौडेल

नेपालखबर
माघ ४, २०७७ आइतबार ७:४४,

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको संरक्षणका लागि सबै एक हुनुपर्ने बताएका छन्।

कांग्रेस चितवन क्षेत्र २ ले प्रजातन्त्रका सेनानी कांग्रेसका पूर्वक्षेत्रीय सभापति भक्तिप्रसाद तिमिल्सिनाको सातौँ पुण्यतिथिका दिन चितवनमा शनिबार आयोजित श्रद्धाञ्जलिसभामा उनले सबैको एकता र लगनशीलताले मात्र लोकतन्त्र र संविधानको रक्षा गर्न सकिने स्पष्ट गरे।

उनले तिमिल्सिनाको निधनले पार्टीलाई एउटा कर्मीमौरीको रिक्तता खड्कन पुगेको बताउँदै उनीजस्ता कार्यकर्ताका कारण कांग्रेसले आजसम्म विभिन्न आन्दोलनको नेतृत्व गर्न सकेको बताए। उनले भने, ‘राजनीति त्यागको पाटो हो। यो कुरा भक्ति तिमिल्सिनाबाट सिक्नुपर्छ।’

सभामा कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी राजनीतिबाट लाभ गर्न सक्छु भन्दा पनि राजनीतिबाट समाजमा केही गर्न सक्छु भनेर लाग्नु आवश्यक रहेको बताउँदै पार्टीका लागि त्याग गर्न सक्ने व्यक्ति मात्र सच्चा राजनीतिज्ञ हुने विचार राखे।

अर्का केन्द्रीय सदस्य धनराज गुरुङले लगनशील र त्यागी नेताकै कारण कांग्रेस जीवन्त रहँदै आएको बताए। पार्टी क्षेत्र नं २ का सभापति भरत लामिछाने, कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, पूर्वपार्टी सभापति कृष्णलाल सापकोटा, रामकृष्ण घिमिरे, शेषनाथ अधिकारी, वडा नं ५ का सभापति विष्णुप्रसाद धिताल, विजय भुसाललगायतले तिमिल्सिनाको योेगदानबारे प्रकाश पारेका थिए।

विसं २००१ फागुन २५ गते लमजुङको दुराडाडाँमा जन्मिएका तिमिल्सिनाको विसं २०७७ पुस २७ गते चितवन मेडिकल कलेजमा उपचारका क्रममा कोरोना सङ्क्रमणबाट मृत्यु भएको थियो । उहाँ तत्कालीन नारायणपुर गाउँ पञ्चायतमा दुई पटक अध्यक्ष र भरतपुर नगरपालिका वडा नं ५ का वडाध्यक्ष हुनुभएको थियो समाजसेवामा पनि क्रियाशील तिमिल्सिनाले पार्टीका लागि सरकारी जागिर छाडेको जनाइएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad