समाज


इन्डोनेसियामा शक्तिशाली भूकम्पपछि भयंकर ज्वालामुखी विस्फोट

इन्डोनेसियामा शक्तिशाली भूकम्पपछि भयंकर ज्वालामुखी विस्फोट

नेपालखबर
माघ ४, २०७७ आइतबार ७:२८,

इन्डोनेसियामा भयंकर ज्वालामुखी विस्फोट भएको छ।

शक्तिशाली भूकम्प गएको एक दिनपछि जाभा टापुमा रहेको माउन्ट सेमरुममा ज्वालामुखी फुटेको हो।

स्थानीय समयअनुसार शनिबार साँझ ५ बजेर २४ मिनेट जाँदा ज्वालामुखी विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

विस्फोटका कारण धुवाँको मुस्लोसहित ५ किलोमिटर परसम्म खरानी तथा लाभा छरिएका छन्। जाभा, इन्डोनेसियाको सबैभन्दा घनाबस्ती भएको टापु हो।

तर घटनामा के कति मृत्यु वा घाइते भए भन्नेबारे अहिलेसम्म कुनै जानकारी आइसकेको छैन।

विस्फोटपछि इन्डोनेसियाको विपद् न्यूनीकरण एजेन्सीले माउन्ट सेमरुम आसपासका बासिन्दालाई सतर्क रहन भन्दै चेतावनी जारी गरेको छ।

यसअघि शुक्रबार इन्डोनेसियाकै सुलेवसी प्रान्तमा ६.२ म्याग्निच्युडको भूकम्प गएको थियो। जसका कारण मृत्यु हुनेको संख्या ५६ पुगेको छ भने ८२० जना घाइते भएको समाचार समाचार संस्था रोयटर्सले जनाएको छ। साथै १५ हजार मानिस घरविहीन भएका छन्।

यस्तै इन्डोनेसियामै अघिल्लो हप्ता ६२ जना बोकेको विमान दुर्घटना भएको थियो भने सबैकाे मृत्यु भयाे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad