राजनीति


तीन महिनामा सबै नागरिकलाई कोरोना खोप भनेका प्रधानमन्त्री ओलीले फेरे बोली

तीन महिनामा सबै नागरिकलाई कोरोना खोप भनेका प्रधानमन्त्री ओलीले फेरे बोली

नेपालखबर
माघ १७, २०७७ शनिबार १२:४४,

प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सबै नागरिकले कोरोना खोप नपाउने बताएका छन्।

शनिबार चितवनमा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तीन महिनाभित्र फ्रन्ट लाइनमा रहेकालाई र एक वर्षभित्र सबै नागरिकलाई लाइसक्ने बताएका हुन्।

उनले भारतबाट प्राप्त १० लाख खोप फ्रन्ट लाइनमा रहेकालाई लगाउन सुरु गरिएको भन्दै सन् २०२१ भित्र सबै नागरिकलाई खोप पु¥याउने बताएका हुन्।

‘कोरोना खोप लगाउने अभियान अगाडि बढिरहेको छ, फ्रन्ट लाइनमा रहेर कठिनाइ झेलेकाहरूलाई खोप दिलाउने काम आगामी तीन महिनाभित्र सम्पन्न गर्नेछौं’, प्रधानमन्त्री ओलीले शनिबार चितवनमा आयोजित एक कार्यक्रममा भने, ‘बाँकी जनतालाई क्रमशः  सन् २०२१ भित्र खोप लगाइसकेर कोभिड– १९ लाई हामी नेपालबाट भगाउँछौं।’

माघ १४ गते बुधबार बालुवाटारस्थित सरकारी निवासबाटै खोप अभियान उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले तीन महिनाभित्र सबैलाई खोप उपलब्ध गराउने प्रतिवद्धता जनाएका थिए। ‘करिब तीन महिनाभित्र हामीले सम्पूर्ण नेपालीहरुलाई खोप उपलब्ध गराइसक्ने छौं’, प्रधानमन्त्री ओलीले भनेका थिए।

त्यसको तीन दिनमै प्रधानमन्त्री ओलीले बोली फेरका हुन्। 

सरकारले १५ वर्षभन्दा माथिका ७२ प्रतिशत जनतालाई कोरोनाविरुद्धको खोप दिने योजना अघि सारेको छ। सरकारी अधिकारिहरुले सबै नागरिक हरुलाई खोप दिनका लागि एक वर्ष लाग्ने बताए पनि प्रधानमन्त्री ओलीले तीन महिनमै दिन सकिने बताएका थिए।

नेपालले कोभिशिल्ड खोपलाई मान्यता दिएर भारतबाट तत्कालका लागि १० लाख खोप ल्याएको छ। त्यसबाहेक अन्य मूलुकसँग पनि खोपका बारेमा कुरा चले पनि अहिलेसम्म टुंगो नलागेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरु बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad