राजनीति


जनकपुरमा प्रहरी र प्रदर्शनकारीबीच झडप, मातृका यादव, रामचन्द्र झासहित दर्जनबढी घाइते

जनकपुरमा प्रहरी र प्रदर्शनकारीबीच झडप, मातृका यादव, रामचन्द्र झासहित दर्जनबढी घाइते

शैलेन्द्र महतो
माघ २२, २०७७ बिहिबार ८:३२,

जनकपुरमा नेकपा–प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ।

बन्द खुलाउने क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा नेकपाका स्थायी समिति सदस्य मातृका यादव र केन्द्रीय सदस्य रामचन्द्र झासहित दर्जनबढी कार्यकर्ता घाइते भएका छन्। यादवको खुट्टामा चोट लागेको छ भने प्रहरीको लाठी प्रहारबाट झाको टाउकोमा गम्भीर चोट लागेको छ।

No description available.

घाइतेहरुको अहिले जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको नेकपाका केन्द्रीय सदस्य श्रीप्रसाद साहले जानकारी दिए।

‘जुलुसअघि बढेसकेपछि प्रहरीले पछाडिबाट लाठी, अश्रुग्यास तथा हवाइ फायर गर्‍यो’, साहले नेपालखबरसँग भने, ‘सो क्रममा दुई नेतासहित अन्य दर्जनबढी कार्यकर्ता घाइते हुनुभएको छ। घाइतेहरुको अञ्चल अस्पतालमा उपचार भइरहेको छ।’

यता प्रदेश प्रहरीले भने प्रहरी भ्यानमा तोडफोट गरेपछि लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको जनाएको छ। उक्त झडपमा दुई प्रहरी समेत घाइते भएको प्रहरीले जनाएको छ।

No description available.

‘प्रहरीको भ्यानमा तोडफोड गरेपछि लाठी चार्ज र अश्रुग्यास प्रहार गरेको हो’, प्रहरी स्रोतले भन्यो, ‘दुई जना प्रहरी ढुंगा लागेर घाइते भएका छन्।’

प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा समेत लिएको छ।

No description available.

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad