राजनीति


जे मन लाग्यो त्यही गर्न ओली विशिष्ट अधिकार प्राप्त व्यक्ति होइनन् : श्रेष्ठ

जे मन लाग्यो त्यही गर्न ओली विशिष्ट अधिकार प्राप्त व्यक्ति होइनन् : श्रेष्ठ

नेपालखबर
माघ २२, २०७७ बिहिबार ९:४,

प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की केन्द्रीय सदस्य शशी श्रेष्ठले मुलुकलाई संविधानसम्मत् ढंगले अगाडि हिँडाउनको लागि आमहड्ताल गरिएको बताइन्।

बिहीबारको नेकपाको आम हड्तालमा कोटेश्वर चोकमा सहभागी हुँदै नेतृ श्रेष्ठले मुलुकलाई संविधानसम्मत् ढंगले अगाडि हिँडाउनको लागि आमहड्तालको आव्हान गरिएको बताएकी हुन्।

उनले जे मन लाग्यो त्यही गर्न प्रधानमन्त्री केपी शर्मा ओली विशिष्ट अधिकार प्राप्त व्यक्ति नभएको बताइन्। ओलीको स्वेच्छाचारिता र निरंकुशताबाट बचाउनुपर्ने अवस्था आएको उनको तर्क थियो।

नेतृ श्रेष्ठले प्रधानमन्त्री ओलीले संवैधानिक आयोगका पदाधिकारीहरुलाई गैरसंवैधानिक हिसाबले नियुक्ति गरी संविधानलाई अर्को चुनौती दिएको बताइन्। संविधान अनुरुप मुलुक नचले देश ठूलो दुर्घटनामा जाने र समाज विभक्त भई द्वन्द्वमा जाने भन्दै उनले दुर्घटनाबाट बचाउन संविधानलाई कार्यान्वयन गरेर जानुपर्ने उनको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad