राजनीति


साइबर अपराधीले आफ्नो फेसबुकमा गलत कुरा लेखेको भन्दै सूर्य थापाले जनाए आपत्ति

साइबर अपराधीले आफ्नो फेसबुकमा गलत कुरा लेखेको भन्दै सूर्य थापाले जनाए आपत्ति

नेपालखबर
माघ २३, २०७७ शुक्रबार ०:४०,

नेकपाको ओली समूहले आज माघ २३ गते काठमाडौंमा गर्ने भनेको आमसभा स्थगन गरिएको सूचना आफ्नो फेसबुक आइडी स्क्रिन सटमा लेखिएको पाइएपछि प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापा आश्चर्यचकित भएका छन्।

उनले साइबर अपराधीले यस्तो झुटो खबर फैलाएको भन्दै गम्भीर आपत्ति जनाएका छन्।

उनले फेसबुकमै लेखेका छन्, ‘मेरो फेसबुक आइडीलाई स्क्रिन सट गरी नक्कली म्यासेज बनाई सोसल मिडियामा व्यापक रूपमा दुष्प्रचार गर्न यस्तो आपराधिक गिरोह कुत्सित सक्रियतामा संलग्न रहेकोमा म उक्त कार्यप्रति खेद प्रकट गर्दछु।’ 

उनले अगाडि लेखेका छन्, ‘निर्धारित कार्यक्रम दिउँसो १२ बजे नारायणहिटी गेटमा हुने सबैमा स्पष्ट गर्दछु। साथै, यसरी नक्कली कार्यबाट दुष्टतापूर्वक भ्रमको खेती गर्नेहरूप्रति सावधान रहन र अन्योलमा नपर्न म सम्बद्ध सबैमा अनुरोध पनि गर्दछु।’  

माधवकुमार नेपालका कान्छा भाइ सराेज उपाध्यायसहितकाे यस घिनलाग्दाे अपराध कर्मकाे निन्दा गर्दछु - माझण्ड गुटका अपराधिक...

Posted by Surya Thapa on Thursday, February 4, 2021

याे पनि :  यसकारण ओलीले रोजे दरबारकै आँगन, बनाइँदैछ ‘टी’ आकारको सभास्थल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad