नेपाली सिने जगतकी सदाबहार नायिका करिश्मा मानन्धरले बिहीबार (माघ २२ गते) आफ्नो जन्मदिन मनाएकी छन्।
जसको भिडिओ उनले सामाजिक सञ्जालमा सेयर गरेकी छन्।
जिवनको सुरुवातको दिन देखि ,गणितीय उचाइमा उक्लिदै गर्दाको समयमा शुभकामना दिनुहुने सम्पूर्ण आफन्त र प्रीय साथीहरु प्रति आभारी छु र प्रीय भाइ जितु नेपालको केक काटेसंगै यो दिनको अन्त्य गरे ❤️❤️❤️❤️ Love u All ❤️
Posted by Karishma Manandhar on Thursday, February 4, 2021
अभिनेत्री मानन्धर माघ २२ गतेदेखि ४७ वर्ष पूरा भएर ४८ वर्षमा प्रवेश गरेकी हुन्। उनको जन्म २०३० माघ २२ गते काठमाडौंको बत्तीसपुतलीमा भएको हो।
उनको पहिलेको नाम बुनु केसी हो। चलचित्र क्षेत्रमा आएपछि उनले आफ्नो नाम परिवर्तन गरेर करिश्मा राखेकी हुन्। कलाकार तथा फिल्म निर्माता विनोद मानन्धरसँग विवाह गरेपछि उनी करिश्मा मानन्धर बनेकी हुन्।
१४ वर्षकै उमेरमा चलचित्र ‘सन्तान’ बाट अभियन यात्रा थालेकी उनका थुप्रै चलचित्र हिट छन्। ‘कस्तुरी, ट्रक ड्राइभर, भाउजु, मायालु, एक नम्बरको पाखे, जिन्दगी, वसन्ती, ढुकढुकी’ लगायतका चलचित्रले उनलाई नेपाली सिने जगतमा निकै लोकप्रिय बनाए।
पहिले विद्यालय अध्ययन पूरा गर्न नपाएकी उनले हालै प्लस टु पढाइ पूरा गरेकी छन्। ४० वर्षमा पाइला टेकेपछि उनले अध्ययन थालेकी थिइन्।

प्रतिक्रिया