आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य विष्णु रिजालले नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईलगायतले सामाजिक सञ्जालमा आफ्नो चरित्र हत्या गर्ने कुरा लेखेको भन्दै उनीहरूविरुद्ध कानुनी प्रक्रिया सुरु भइसकेको बताएका छन्।
नेकपा विदेश विभाग उपप्रमुखसमेत रहेका रिजालले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘व्यक्तिको चरित्र हत्या गरेबापत सरकारी नियुक्ति पाएका र यस्तै कुकर्म गर्ने जिम्मा पाएका गुरु भट्टराईलगायतका केही कायर साइबर स्यालहरू राजनीतिक विषय नपाएपछि कथा बुनेर सामाजिक सञ्जालमा मेराविरूद्ध आपराधिक रूपमा प्रस्तुत भएका छन्।’
अगाडि चेतावनी दिँदै उनले लेखेका छन्, ‘यस्ता अपराधीहरूका विरूद्धमा कानुनी प्रक्रिया सुरु भइसकेको छ र यिनका यस्ता हर्कतले मलाई एकरति हतोत्साहित गर्न सक्ने छैन।’
यसपछि गुरुप्रसाद भट्टराईले पनि नेता रिजाललाई पुनः गाली गर्दै निर्दाेष प्रमाणित गर्न चेतावनी दिएका छन्।

तर नेता रिजालविरुद्ध के आरोप लगाइएको हो भन्ने कुरा अहिले दुवैका सामाजिक सञ्जालमा उल्लेख गरिएको देखिँदैन।
Shares

प्रतिक्रिया