राजनीति


प्रचण्ड–नेपाल पक्षको बुधबार काठमाडौंमा पाँच ठाउँबाट जुलुस, यी हुन् नेतृत्वकर्ता र प्रदर्शनका रुट

प्रचण्ड–नेपाल पक्षको बुधबार काठमाडौंमा पाँच ठाउँबाट जुलुस, यी हुन् नेतृत्वकर्ता र प्रदर्शनका रुट

नेपालखबर
माघ २६, २०७७ सोमबार ११:४०,

विभाजित नेकपाको प्रचण्ड–नेपाल पक्षले माघ २८ गते बुधबार काठमाडौंमा गर्न लागेको विरोध प्रदर्शनको जुलुसका नेतृत्वकर्ता र सुरु हुने स्थानहरुबारे विवरण सार्वजनिक गरिएको छ।

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले दिएको विवरणअनुसार सो पार्टीले बुधबार बिहान ११ बजे पाँच ठाउँबाट जुलुस निकाल्ने छ।

त्यसमध्ये पुल्चोकबाट निस्कने जुलुसको नेतृत्व कृष्णबहादुर महरा, पम्फा भुसाल र रघुजी पन्तलगायतले गर्नेछन्।

त्रिपुरेश्वरबाट निस्कने जुलुस अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल र जनार्दन शर्मा लगायतले गर्नेछन् भने माइतीघरबाट अमृतकुमार बोहरा, गिरिराजमणि पोखरेल लगायत नेताहरुले गर्ने सो पार्टीले जनाएको छ।

उता केशरमहलबाट सुरु हुने जुलुसको नेतृत्व देव गुरुङ, देवेन्द्र पौडेल, भीम रावल, शक्ति बस्नेत लगायत केन्द्रीय नेताहरुले गर्नेछन् भने जमलबाट आउने जुलुसलाई लीलामणि पोख्रेललगायत नेताहरुले अगुवाइ गर्नेछन्।

ती जुलुसहरुले राजधानीको बिभिन्न स्थान हुँदै काठमाडौंको प्रदर्शनी मार्गस्थित सभा स्थलमा जम्मा हुने कार्यक्रम छ।

बुधबार निकालिने जुलुस र त्यसबाट प्रभावित हुने स्थानहरुको विवरण यस्तो छः

Prachanda-Nepal-rally-route.jpg

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .