प्रचण्ड–नेपाल नेतृत्वको नेकपा कम्युनिस्ट पार्टी (नेकपा)ले रामकुमारी झाँक्रीलाई निःशर्त र अविलम्ब रिहा गर्न माग गरेको छ।
राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध अमर्यादित अभिव्यक्ति दिएको भन्दै नेपाल प्रहरीको अपराध महाशाखाले झाँक्रीलाई बिहीबार दिउँसो राज्यविरुद्धको कसुरमा निवासबाटै पक्राउ गरेको छ।
पक्राउ लगत्तै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले एक विज्ञप्ति प्रकाशित गर्दै झाँक्रीलाई निःशर्त रिहा गर्न माग गरेका हुन्।
‘लोकतन्त्रमा राजनीतिमा संलग्न कुनै पनि व्यक्ति वा संस्था आलोचनाभन्दा माथि हुन सक्दैनन् भन्ने तथ्य स्पष्ट हुँदाहुँदै पनि राजनीतिक आलोचनालाई राज्यविरुद्धको कसुर देख्नु गम्भीर दृष्टिभ्रम, पूर्वाग्रह र स्वेच्छाचारिताबाहेक केही होइन’, विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी सरकारको यस हर्कतको घोर निन्दा तथा भत्सर्ना गर्दै केन्द्रीय कमिटी सदस्य कमरेड रामकुमारी झाँक्रीलाई निःशर्त र अविलम्ब रिहा गर्न जोडदार माग गर्दछ।’
झाँक्रीको गिरफ्तारीले सरकार घोर अलोतान्त्रिक, निरंकुश र सर्वसत्तावादी चरित्र उदांगो पारेको विज्ञप्तिमा उल्लेख छ।


प्रतिक्रिया