राजनीति


प्रतिनिधि सभा पुनर्स्थापनाका लागि संयुक्त आन्दोलन गर्न केसीको आग्रह

प्रतिनिधि सभा पुनर्स्थापनाका लागि संयुक्त आन्दोलन गर्न केसीको आग्रह

नेपालखबर
फागुन ३, २०७७ सोमबार ११:४४,

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिनिधि सभा विघटनविरुद्ध संयुक्त आन्दोलन गर्नुपर्नेमा जोड दिएका छन्।

प्रधानमन्त्री केपी ओलीलाई आफ्नो असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कदमप्रति गल्तीको बोध नभएको बरु आफ्नो कदमलाई सही ठहर्‍याउन र आफ्नो पार्टीबाट फुटेकाहरुलाई चुनौति दिन शक्ति प्रदर्शन गर्न राष्ट्रिय कोष रित्याइरहेको उल्लेख गर्दै संयुक्त आन्दोलनले मात्रै उनको कदम सच्याउन सकिने केसीले बताए।

‘आन्दोलनलाई अझ ब्यापक, एकीकृत र सशक्त पार्नको लागि हामीले राजावादी बाहेक नेपाली कांग्रेस, नेकपा (प्रचण्ड माधव पक्ष), जनता समाजवादी पार्टी लगायतका राजनीतिक दल, विभिन्न संगठन, संस्था, नागरिक समाज, पत्रकार लगायतका जनतप्काहरुसँग मिलेर संयुक्त कार्यक्रम गर्न जोड दिनु पर्छ। त्यसको लागि पनि हाम्रो प्रयास हुनु पर्छ र हुनेछ’ सोमबार विज्ञप्ति प्रकाशित गरी राजमो अध्यक्ष केसीले भनेका छन्।

उनले सर्वोच्च अदालत र निर्वाचन आयोग जस्ता संवैधानिक र स्वायत्त निकायहरुलाई अनुचित तरिकाले प्रभाव पार्न प्रयत्न गरेको आरोप पनि लगाएका छन्।

‘केही दिन अघि निर्वाचन आयोगमा राज्यको कार्यकारी प्रमुख आफै गएर आयोगलाई दबाब दिएका छन्। त्यसकारण आन्दोलनलाई अझ ब्यापक र घनिभूत पार्दै जानुपर्ने आवश्यकता भएको छ’  विज्ञप्तिमा भनिएकाे छ।

राजमोले संसद विघटनविरुद्ध आफ्नो पार्टीले सञ्चालन गरिरहेको आन्दोलनलाई निरन्तरता दिने निर्णय पनि गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .