राजनीति


भारतका २० र चीनका ४ सैनिक मृत्यु भएको झडपको भिडिओ सार्वजनिक (हेर्नुहोस्)

भारतका २० र चीनका ४ सैनिक मृत्यु भएको झडपको भिडिओ सार्वजनिक (हेर्नुहोस्)

नेपालखबर
फागुन ७, २०७७ शुक्रबार २३:७,

चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सले गत जुन १५ मा चिनियाँ र भारतीय सेनाबीच भएको हिंस्रक झडपको भिडिओ फुटेज सार्वजनिक गरेको छ।

जुन झडपमा भारतका २० सैनिक मारिएका थिए भने शुक्रबार मात्र चीनले त्यस झडपमा आफ्ना पनि ४ सैनिक मारिएको पहिलोपटक स्वीकार गरेको थियो।  

भारत–चीन सीमा पूर्वी लद्दाखस्थित गलवान उपत्यकामा ८ महिनाअघि (जुन १५) सीमा विवादका कारण दुई देशका  सेनाबीच भिडन्त भएको थियो। त्यस क्रममा आफ्ना २० सैनिक मारिएको पुष्टि भारतले त्यही बेला गरेको थियो भने चीनले चाहिँ गत शुक्रबार अघिसम्म आफ्नातर्फ भएको सैनिक क्षतिबारे केही बताएको थिएन।

तर शुक्रबार पहिलोपटक त्यस झडपमा आफ्ना पनि ४ सैनिक मारिएको भनेर स्वीकार गरेको चीनले लगत्तै त्यस झडपको भिडिओ फुटेज पनि सार्वजनिक गरेको हो।

जारी भिडिओमा झडपमा मारिएका आफ्ना ४ सैनिकलाई सलामी दिइएको दृश्य पनि छ। दुई देशका सेनाबीच भएको झडपका साथै सैन्य अधिकारीबीच वार्ता भएको पनि भिडिओमा देखाइएको छ।

हेर्नुहोस् :

याे पनि :  गलवानमा भारतीय सेनासँगको भिडन्तमा चार चिनियाँ सैनिकको ज्यान गएको पुष्टि

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad