समाज


सार्वजनिक भएन बरामद सुन र रकम

सार्वजनिक भएन बरामद सुन र रकम

नेपालखबर
फागुन ७, २०७७ शुक्रबार १६:१५,

जिल्लामा गएको माघ महिनाको १४ गते प्रहरीले बरामद गरेको अवैध भनिएको सुनका विषयमा अहिलेसम्म सार्वजनिक गरेको छैन।

कुल एक किलो १०० ग्राम बरामद गरेको कम्तिमा पनि एक महिना बित्नै लाग्दासमेत सार्वजनिक नगरेको भन्दै यहाँका स्थानीयवासी प्रहरीको नियतमाथि शंका गर्न थालेका छन्।

जिल्ला प्रहरी कार्यलय डोटीको प्रहरी टोलीले नखुलेको एक किलो १०० ग्राम सुनसहित रु १७ लाख ४७ हजार नगद बरामदसँगै दुई जनालाई पक्राउसमेत गरेको थियो। पक्राउ गरेको सुन तथा पक्राउ पर्ने व्यक्तिका विषयमा अहिले सम्मपनि कुनै सार्वजनिक नगरेको भन्दै यहाँका स्थानीयवासी प्रहरीप्रति सशंकित हुनथालेको सिलगढीका स्थानीय भरत नेपालीले बताए।

उता प्रहरीले सुन र रकमसँगै पक्राउ गरेका व्यक्तिलाई हाजिर जमानीमा छोडेको पाइएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तिराज जोशी र इलाका प्रहरी कार्यालय दिपायलका प्रहरी नायव निरीक्षक धर्मानन्द जोशी नेतृत्वको प्रहरी टोलीले गोप्य सूचनाका आधारमा दिपायलबाट सुन र रकम बोकेर तराई जाने क्रममा कुलपातेबाट केआइसिंह गाउँपालिका–६ भिताणीकी ६० वर्षिया काली भुललाई पक्राउ गरेको थियो। प्रहरीले काली र उनका भतिजालाई एक दिन जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर दोस्रो दिन बयानपश्चात् छोडिएको थियो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर मल्लले घटनाका विषयमा अनुसन्धान भइरहेको बताए। उनले भने, ‘प्रहरीले सुन र सम्लग्न अन्य व्यक्ति खोजिरहेको छ।’

जिल्ला प्रहरी कार्यलय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दानबहादुर मल्लले भारतीय दूतावास हुँदै हेडक्वार्टरमार्फत आफूलाई सूचना आएपछि सुन र नगद बरामद गरिएको दाबी गरे।

उनले भने, ‘हेडक्वाटर्रमार्फत पक्राउका लागि खबर आएपछि हामीले पक्राउ गरेका हौँ, अन्य केही खबर आएको छैन, केन्द्रमा अनुसन्धान भइरहेको होला।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad