राजनीति


राजदरबार फर्किन अस्वीकार गरेपछि बेलायती राजकुमार ह्यारी दम्पती मान पदवीमुक्त

राजदरबार फर्किन अस्वीकार गरेपछि बेलायती राजकुमार ह्यारी दम्पती मान पदवीमुक्त

नेपालखबर
फागुन ७, २०७७ शुक्रबार २३:४४,

बेलायतका राजकुमार ह्यारी मान पदविमुक्त भएका छन्।

दोस्रो सन्तानलाई जन्मदिने तयारीमा रहेकी ह्यारी पत्नी मेघन मर्केलले राजदरबार फर्किन अस्विकार गरेपछि ह्यारी र मेघनको पदवी गुमेको हो।

केही महिना अगाडि उनीहरुले नै मान पदवी त्यागेको घोषणा गर्दै अमेरिका बसाइ सरेका थिए। तर पनि दरबारको तर्फबाट अहिलेसम्म उनीहरुको मानपदबी कायमै राखिएको थियो । तर शुक्रबार महारानी एलिजावेथ द्धितीयले उनीहरुको मान पदवी खारेज भएको घोषणा गरेकी हुन्।

बेलायती बकिङ्घम राजदरबारले अहिलेसम्म विचाराधीन अवस्थामै राखेको उनीहरुको मान पदवी खारेज भएको घोषणालाई बेलायती राजसंस्थाको इतिहासमा अविस्मरणीय घटनाको रूपमा लिइएको छ।

महारानी एलिजावेथ द्वितीयले ह्यारी दम्पत्तिसँग बेलायती राजपरिवारको अब राजनीतिक तथा सार्वजनिक सम्वन्ध नरहेको उल्लेख गरेकी अधिकारीहरूले जनाएका छन्।

राजपरिवारको सदस्यका रूपमा उनीहरुको अब कुनै जिम्मेवारी, दायित्व र अधिकार तथा भूमिका पनि नहुने दरबारले जनाएको छ । गत वर्ष मार्चमा ह्यारी र मेघनले सामाजिक सञ्जालहरूमा पनि आफ्नो अन्तिम पोस्ट गर्दै बेलायती राज परिवारको बरिष्ठ सदस्यका रूपमा आफ्नो भूमिका छोड्ने घोषणा गरेका थिए।

उनीहरु अहिले सामाजिक सञ्जालहरुबाट पनि टाढा भएका छन्। सामाजिक सञ्जालमा धेरै घृणा सहनु परेको कारण ह्यारी र मेघनले ट्विटर, इन्स्टाग्राम, फेसबुकलगायतका सामाजिक सञ्जालमा आफूहरू प्रस्तुत नहुने निर्णय गरेको टाइम्स अफ लन्डनले लेखेको थियो। उनीहर सामाजिक सञ्जालमा चाँडै फर्किहाल्ने संकेत देखिएको छैन।

हलिउड अभिनेत्री मेघनसँगको प्रेम सम्वन्धलाई ह्यारीले विवाहमा परिणत गरेका हुन्। उनीहरुका अहिले एक छोरा छन् भने अर्को जन्माउने निश्चित भइसकेको जनाइएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad