राजनीति


कोरोना उत्पत्तिबारे अब अमेरिकामा अनुसन्धान गरिनुपर्ने चीनको माग

कोरोना उत्पत्तिबारे अब अमेरिकामा अनुसन्धान गरिनुपर्ने चीनको माग

नेपालखबर
फागुन ७, २०७७ शुक्रबार २३:५८,

विश्वमा कोरोना भाइरसबाट संक्रमित मानिसको संख्या ११ करोड ९ लाख नाघिसकेको छ। जसमध्ये साढे २४ लाखभन्दा बढीको मृत्युसमेत भइसकेको छ।

यस्तो घातक भाइरस संसारमा सबभन्दा पहिले कहाँ उत्पत्ति भएको थियो त भन्ने विषयमा अनुसन्धान जारी छ।

यस क्रममा सुरुदेखि नै शंका गरिएको चीनको उहान सहरमा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को टोलीले भर्खरै अनुसन्धान सकेको छ। तर त्यहींबाट कोरोना भाइरस उत्पन्न भएको भन्ने ठोस प्रमाण नभेटिएको डब्ल्यूएचओले जनाएको छ।

यसैबीच चीनले अब यसको अनुसन्धान अमेरिकामा हुनुपर्ने माग गरेको छ। चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले अमेरिकाले पनि कोरोना उत्पत्तिबारे चीनमा जस्तै अनुसन्धानका लागि सकारात्मक हुने र डब्ल्यूएचओको विशेषज्ञ बोलाउने आशा व्यक्त गरेका छन्।

यस्तै चीनको सेन्टर फर डिजिज कन्ट्रोलका मुख्य महामारी विशेषज्ञ जेङ गुआङले पनि कोरोना भाइरसको उत्पत्ति पत्ता लगाउन विश्वको ध्यान अमेरिकामा केन्द्रित हुनुपर्ने बताएका छन्। सीएनएनले यो जानकारी दिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad