राजनीति


राजनीतिक परिवर्तन भए पनि शासकीय मानसिकतामा परिवर्तन आएन : यादव

राजनीतिक परिवर्तन भए पनि शासकीय मानसिकतामा परिवर्तन आएन : यादव

शैलेन्द्र महतो
फागुन १०, २०७७ सोमबार ११:३९,

जनता समाजवादी पार्टीका कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवले मुलुकमा जारी भेदभाव र असमानता अन्त नभएसम्म संघर्ष जारी रहने बताएका छन्।

जमिअत उलमाए नेपालद्वारा आज जनकपुरमा आयोजित मुस्लिम समुदायको समस्या तथा समाधान विषय अन्तरक्रिया एवं उपेन्द्र यादवद्वारा लिखित नेपालको सन्दर्भमा समाजवादी लोकतन्त्र नामक पुस्तकको उर्दु संस्करणको विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले सो कुरा बताएका हुन्।

मुलुकमा ठुलठुला राजनीतिक परिवर्तनहरु भए पनि शासकीय मानसिकता, प्रशासकीय नजरिया र प्रशासनिक शक्तिमा परिवर्तन हुन नसकेको कारण भेदभाव र असमानता यथावत रहेको उल्लेख गर्दै अध्यक्ष यादवले संघर्षलाई निरन्तरता दिनु पर्ने जिकिर गरे।

कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले अशिक्षाकै कारण मुस्लिम समुदाय गरिवी र असमानताको सिकार भएको उल्लेख गर्दै मुख्यमन्त्री राउतले बालबालिकाको शिक्षामा जोड दिन आग्रह गरे। मुस्लिम समुदायलाई मुलुकको मुल धारमा ल्याउनु आजको आवश्यकता रहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकार त्यस दिशामा अघि बढेको दावी गरे।

प्रदेश सरकारले सबै क्षेत्रमा जनसंख्याको आधारमा आरक्षणको व्यवस्था गरेको बताउँदै उनले शिक्षा प्राप्त गरे मात्र आरक्षणको उपभोग गर्न पाउने बताए।

असगर अली देवानको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा, साहित्यकार रामभरोस कापडि भ्रमर सहितका वक्ताहरुले सम्बोधन गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad