आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य विष्णु रिजालले प्रधानमन्त्री केपी शर्मा ओली बिस्तारै ‘जमिन’तिर फर्किने प्रयासमा रहेको दाबी गरेका छन्।
नेकपा ओली समूहका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले ‘प्रतिनिधि सभा पुनर्स्थापना भए पनि मेरो राजनीति सकिँदैन’ भनेपछि प्रचण्ड–नेपालपक्षीय नेता रिजालले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका हुन्।
‘प्रधानमन्त्री केपी ओली बिस्तारै जमिनमा फर्किने कोसिस गर्दै हुनुहुन्छ,’ नेकपा विदेश विभाग उपप्रमुखसमेत रहेका रिजालले मंगलबार बिहानै लेखेका छन्, ‘प्रतिनिधिसभा पुनर्स्थापना भए पनि मेरो राजनीति सकिँदैन’ भन्ने उहाँको भनाइले आफ्ना कार्यकर्तालाई भावी राजनीतिका लागि मानसिक रूपमा तयार रहन मात्र संकेत गर्दैन, नेपालको अबको राजनीति कता जान्छ भन्ने पनि संकेत गर्छ।’
याे पनि : संसद पुनर्स्थापना भए पनि हाम्रो राजनीति सकिँदैन : प्रधानमन्त्री
Shares

प्रतिक्रिया