राजनीति


प्रधानमन्त्रीको दौडधुप : आज पनि उद्घाटन र शिलान्यास गर्न झापा–मोरङ पुग्दै

प्रधानमन्त्रीको दौडधुप : आज पनि उद्घाटन र शिलान्यास गर्न झापा–मोरङ पुग्दै

नेपालखबर
फागुन १८, २०७७ मंगलबार २:५२,

उद्घाटन र शिलान्यासका लागि देशका विभिन्न स्थानमा दौडधुप गरिररहेका प्रधानमन्त्री केपी शर्मा ओली आज पनि यस्तै सिलसिलामा झापा र मोरङ पुग्ने भएका छन्।

त्यसका लागि उनी बिहान ११ बजे झापाको भद्रपुर पुग्ने कार्यक्रम छ। त्यसपछि मध्याह्न साढे १२ बजे प्रधानमन्त्री ओलीले विपन्न परिवारका लागि त्यहाँको अनारमनी नगरपालिकाले निर्माण गरेको एकीकृत बस्ती हस्तान्तरण गर्नेछन्।

लगत्तै उनले बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पताल उद्घाटन गर्ने कार्यक्रम छ।

त्यसपछि प्रधानमन्त्री ओली दिउँसो ३ बजे मोरङको उर्लाबारी पुग्नेछन् र एकीकृत सन्थाल बस्तीको शिलान्यास गर्ने कार्यक्रम छ।

यसपछि प्रधानमन्त्री ओली आजै साँझ काठमाडौं फर्किने कार्यकतालिका छ।

आफूले विघटनका लागि सिफारिस गरेको संसद् सर्वाेच्च अदालतले पुनर्स्थापना गरेपछि पनि प्रधानमन्त्री ओली लत्रिएको देखिँदैन। उनी झन् देशदौडाहामा सक्रिय भइरहेका छन्।

हिजो मात्र उनी गण्डकी प्रदेशस्तरीय भेलासहित विभिन्न उद्घाटन र शिलान्यासका लागि पोखरा पुगेका थिए।

याे पनि :  प्रधानमन्त्री ओलीलाई लेखक संग्रौलाको व्यंग्य : मेरो टोलमा सार्वजनिक शौचालय उद्घाटनको प्रतीक्षामा छ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad