राजनीति


सरकार-विप्लव संयुक्त सभा : मञ्चमा छन् यी नेताहरु

सरकार-विप्लव संयुक्त सभा : मञ्चमा छन् यी नेताहरु

नेपालखबर
फागुन २१, २०७७ शुक्रबार ९:२०,

सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको राष्ट्रिय सभागृहमा सहमतिपत्रमा हस्ताक्षर कार्यक्रम सुरु भएको छ।

संयुक्त सभामा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सरकारका वरिष्ठ मन्त्री तथा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका महासचिव विप्लवलगायत वरिष्ठ नेताहरु उपस्थित भएका छन्।

मञ्चमा सरकारको तर्फबाट प्रधानमन्त्रीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री एवम् वार्ता टोलीका संयोजक रामबहादुर थापा उपस्थित छन् भने विप्लव समूहका तर्फबाट महासचिव चन्दसहित नेताहरु खड्गबहादुर विश्वकर्मा, धर्मेन्द्र बास्तोला र वार्ता टोलीका सदस्य दीपक चलाउने उपस्थित छन्।

कार्यक्रमको सञ्चालन सरकारी वार्ता टोलीका सदस्य प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले गरेका छन् भने स्वागत विप्लव समूहको वार्ता टोलीका सदस्य दीपकले गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad