हालसम्म सेना तथा प्रहरीले सैन्य कूको विरोध गर्नेमाथि गोली चलाउँदा ६० भन्दा बढीको ज्यान गइसकेको छ।
यसबीचमा सेनाको दमनकारी आदेशलाई पालना गर्न नचाहने केही प्रहरीहरु भागेर भारतको शरणमा पुगेका छन्।
एससीएमपीले १९ प्रहरी भारतको शरणमा पुगेको उल्लेख गरेको थियो। तर म्यान्मार सरकारले दिएको जानकारीअनुसार ८ प्रहरी भारत पुगेका छन्।
आफ्ना प्रहरी भारत भागेको विषयमा यतिबेला म्यान्मारको जुन्ता शासकले भारतलाई ती प्रहरी आफ्नो जिम्मा लगाउन आग्रह गरेको छ।
भारतलाई म्यान्मारले लेखेको पत्रमा भनिएको छ,‘भारत र म्यान्मारबीच मैत्रीपूर्ण सम्बन्ध राखिराख्न भारतले ती प्रहरी हाम्रो जिम्मा लगाउनुपर्छ।’
गत फेब्रुअरी १ मा सेनाले लोकतान्त्रिक नेतृ आङ साङ सुची, राष्ट्रपति विन मिन्टसहित शीर्ष नेताहरुलाई नजरबन्दमा राखेर सत्ता हत्याएका हुन्।
त्यसयता दुई वटा ठूलो रक्तपातको घटना भएको छ। यस दौरान एकैदिन १८ र ३८ जनाको सेना तथा प्रहरीले गोली हानेर ज्यान लिएका छन्।
जनतामाथि गोली प्रहारको घटना बढेपनि प्रदर्शन रोकिएको छैन।
निर्वाचनमा धाँधली गरेर सुचीको पार्टीले जितेको भन्दै सेनाले एकवर्ष पछि आम निर्वाचन गराएर मात्र सत्ता हस्तान्तरण गर्ने बताएको छ।
अमेरिका, संयुक्त राष्ट्रसंघ लगायत विश्वभरबाट सैन्य कूको विरोध भइरहेको छ। बीबीसी
याे पनि: जुन्ता शासकले जनतामाथि क्रुर व्यवहार गर्न लगाएपछि म्यान्मारका १९ प्रहरी भारत भागे
म्यान्मारमा सैन्य कूः चीनविरुद्ध पनि विरोध सुरु, मृतकको संख्या ६० भन्दा बढी

प्रतिक्रिया