अन्ततः एकता प्रक्रिया नटुंगिँदै नेकपा भंग भएको छ।
ऋषि कट्टेलले हालेको मुद्दामा सर्वाेच्च अदालतले उनकै नेकपालाई वैधानिकता दिँदै सत्तारूढ नेकपालाई बदर गरेपछि यसमा मिसिएका दुई दल बीच बाटोबाटै छुट्टिनुपरेको हो।
याे पनि : अन्तिम बन्यो नेकपाको बैठक, एमाले र माओवादी केन्द्र भए अलग
तर यस्तो हुन सक्छ भनेर साविक नेकपाका उपाध्यक्ष वामेदव गौतमले दुई महिनाअघि नै भविष्यवाणाी गरेका रहेछन्।
गत पुस २३ गते बसेको राष्ट्रिय सभाको बैठकमा उनले अदालतले ऋषि कट्टेलको पक्षमा फैसला गर्याे भने एमाले र माओवादी केन्द्र अलग्गिनुपर्ने अवस्था आउन सक्ने बताएका रहेछन्।
हेर्नुहोस्, यो भिडिओ फुटेज :
सर्वाेच्चकाे यस्ताे फैसला आउने भविश्यवाणी बामदेव गाैतमले २०७७ पुस २३ गते राष्ट्रिय सभाकाे बैठकमा गरिसकेका रहेछन् । pic.twitter.com/ESiKcCmMee

प्रतिक्रिया