नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाले वरिष्ठ नेता माधव नेपाल माओवादी केन्द्रमा विलिन हुने भविष्यवाणी गरेका छन्।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीका विश्वास पात्रको रुपमा चिनिएका बाँस्कोटाले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत यस्तो भविष्यवाणी गरेका हुन्। एउटै पार्टीमा रहेर अहिले छुट्टै गतिविधि गरिरहेको नेपाल समूह आगामी चुनावताका माओवादीमा विलिन हुने भविष्यवाणी उनले गरेका हुन्।
‘माधब रणनीति स्पष्ट छ-गुटभेला र समानान्तर कमिटीद्वारा कार्यकर्ता जम्मा गर्ने, संसदमा १०-२०ले फ्लोर क्रस गरेर कार्वाही भोग्ने अनि हामीलाई बस्न टिक्न दिईएन भनेर कुर्लने,’ उनले ट्वीटरमा लेखेका छन्, ‘चुनाउ छेक नेपाल कम्फरटेवल पार्टीमा विलिन हुने। स्पष्ट अब अरु हुन पर्छ जो अझै अलमलमा छन्। नत्र ४ गतेको भेला किन?’
माधब रणनीति स्पष्ट छ-गुटभेला र समानान्तर कमिटीद्वारा कार्यकर्ता जम्मा गर्ने,संसदमा १०-२०ले फ्लाेर क्रस गरेर कार्वाही भाेग्ने अनि हामीलाई बस्न टिक्न दिईएन भनेर कुर्लने र चुनाउ छेक नेपाल कम्फरटेवल पार्टीमा विलिन हुने।स्पष्ट अब अरु हुन पर्छ जाे अझै अलमलमा छन।नत्र ४ गतेकाे भेला किन?
— Gokul Prasad Baskota (@GokulPBaskota) March 16, 2021

प्रतिक्रिया