ad ad

राजनीति


मोदी र अमित शाह कृष्ण–अर्जुन हुन्ः रजनीकान्त

मोदी र अमित शाह कृष्ण–अर्जुन हुन्ः रजनीकान्त

नेपालखबर
साउन २७, २०७६ सोमबार ६:२६,

दक्षिण भारतका सुपरस्टार रजनीकान्तले प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाह कृष्ण–अर्जुन भएको बताएका छन्।

रजनीकान्तले मोदी र शाहलाई पौराणिक ग्रन्थ महाभारतको पात्रसँग तुलना गरेका हुन्।

संविधानको धारा ३७० हटाएको विषयमा रजनीकान्तले उक्त कार्य सकरात्मक भएकोभन्दै मोदी र शाहको प्रशंसा गरेका छन्।

Image result for modi and shah

शाह र माेदी

द हिन्दुका अनुसार रजनीकान्त पछिल्लो समयमा भाजपाका नेतासँग नजिक देखिएका छन्। उनी वरिष्ठ भाजपा नेता लाकृष्ण आडवाणीका असल मित्र हुन्।

भारत सरकारले संविधानको धारा ३७० हटाएसँगै यतिबेला जम्मु कस्मिरको विशेष राज्य अधिकार खोसिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .